शुक्रबार, कार्तिक ७ गते २०८३

इण्डियन आयलले पठायो नयाँ मूल्य, डिजेलमा १५ रुपैयाँ बढेर आयो

आश्विन ३१, २०७९ सोमबार
इण्डियन आयलले पठायो नयाँ मूल्य, डिजेलमा १५ रुपैयाँ बढेर आयो

इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ। इण्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको  नयाँ मूल्य  बढाएर पठाएको हो ।

अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेपछि  हिजो इण्डियन आयल कर्पोरेसनले पठाएको नेपाल आयल निगमले जनाएको छ । नयाँ मूल्यसूचीअनुसार डिजेल र हवाई इन्धनको मूल्य अत्यधिक बढेर आएको छ । नयाँ मूल्य पेट्रोल प्रतिलिटर १ .७४ रुपैयाँ, डिजेलमा १५.६० रुपैयाँ र हवाई इन्धनमा १०.२५ रुपैयाँले वृद्धि भएको हो ।

नयाँ मूल्यले डिजेलमा प्रतिलिटर ६.३४ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिण्डर ३२५.४४ रुपैयाँ घाटा हुने नेपाल आयल निगमले जनाएको छ । यद्यपि, पेट्रोल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफा समेतलाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करीब ३९ करोड नाफा हुने प्रक्षेपण गरिएको छ । 

311901856_710467930495978_1090927574471362414_n-543x768-1.jpg