बुधबार, भाद्र ३ गते २०८३

बिश्व खाद्य दिवसको सन्दर्भ : बढ्दाे खाद्य समस्याकाे चूनाैति र बिश्व खाद्य कार्यक्रमको चेतावनी

आश्विन ३०, २०७९ आइतबार
बिश्व खाद्य दिवसको सन्दर्भ :  बढ्दाे खाद्य समस्याकाे चूनाैति र  बिश्व खाद्य कार्यक्रमको चेतावनी

handball.jpg                ४२औं बिश्व खाद्य  दिवसको सन्दर्भ               

एक चेतावनी दिदै बिश्व खाद्य दिवसको सन्दर्भमा बिश्व खाद्य कार्यक्रमले भनेको छ – बिश्वमा भोक(अकाल)को मार झेलिरहेका मानिसहरुको संख्या रेकर्ड स्तरमा पुग्ने जोखिम देखापरिरहेको छ । बिश्वब्यापीरुपमा खाद्य संकटका कारणले ठूलो संख्यमा मानिसहरुका लागि खाद्य असुरक्षाको अबस्था खराबभन्दा अझ खबरा हुँदै गइरहेको छ । यस वास्तबिकतालाई मध्यनजर राखेर यो यूएन एजेन्सीले गएको १५ अक्टोबरका दिन अर्थात् बिश्व खाद्य दिवस १६ अक्टोबरको ठीक एक दिन पहलिा बिश्वमा बिद्यमान यो अकाल संकटका आधारभूत कारणहरुकासाथ यस्तो चेतावनी दिएको देखिन्छ । 

बास्तवमा आज जलबायु परिबर्तनको समस्या, हिंसात्मक टकराव तथा आर्थिक दबाब लगायत बिभिन्न बिकराल चूनौतिहरुको पृष्ठभूमिमा यो बिश्वब्यापी खाद्य संकट हुर्किरहेको र बढिरहेको छ । उल्लिखित संकटहरुका कारणले बिश्वभरीमा अकालको मार झेलिरहेका मानिसहरुको संख्या यो चालु बर्ष २०२२ को आरम्भिक तीन महिनामा २३ करोड २० लाखबाट बढेर ३४ करोड ५० लाखसम्म पुगेको बताइएको छ । यस हिसावले आउदो २०२३ मा यो अबस्था अझ खराब र बिकराल हुन जाने आशंक ब्याप्त छ ।

संयुक्त राष्ट संघको यस यस बिश्व खाद्य कार्यक्रम एजेन्सीले यो बर्ष २०२२ मा १६ करोड ३० लाख मानिसहरुसम्म खाद्य सहायता पुर्याउने लक्षको दायरा र स्तरलाई बढाएको बताएको छ । यस बर्षको मध्यसम्ममा ११ करोड १३ लाख मानिसहरुको बीचमा सहायता बितरण गरिसकिएको जनाइएको  छ । यस बढ्दो संकटका बारेमा त्यस एजेन्सीका कार्यकारी निर्देशक डेभिड बिजलीले भनेका छन् – ‘हामीले एउटा अभूतपूर्ब बिश्व खाद्य संकटको सामना गरिरहेका छौ, र सबै संकेतहरुले दर्शाएका छन् कि यो अबस्था अझ खराब हुन सक्ने छ’ । ‘बितेका तीन बर्षमा भोक पीडित मानिसहरुको संख्या बारम्बार बढेर नयाँ उचाईमा पुगेको छ’ । यस संगठनका प्रमुखले भनेका छन् कि यस संकटका आधारभूत कारणहरुको सामना गर्नका लागि बिशाल स्तरमा समन्वित कारबाहीको अभावमा परिस्थिति नराम्रोबाट अझ नराम्रो हुन जाने आशंका बढ्दो छ । उनले भनेका छन् – ‘हामी रेकर्ड स्तरमा अकालको थप एउटा यस्तो अर्को बर्षलाई झेल्न सक्तैनौं’ । बिश्व खाद्य कार्यक्रम र त्यसका साझेदार संगठनका पाँच देशहरु अकालको रोकथामका लागि प्रयासहरुमाजुटेका छन् । ती देशरु हुन् अफगानिस्तान, इथोपिया, सोमालिया, दक्षिण सुडान र यमन ।
 बिनाशकारी स्तरमा अकाल पीडितहरुलाई लिएर प्रायजो हि«ंसक संघर्ष या टकराव हुने गर्दछन् । यस स्थितिमा संचार माध्यमहरुमा ब्यवधान आउदछन्, मानबीय सहयता पुर्याउने मार्ग सीमित हुन पुग्दछन् र पीडित समुदाय बिस्थापनका शिकार हुनपुग्दछन् ।

khana.jpg

अहिलेका आधारभूत कारणहरु के के हुन त ?
अहिले यूक्रेनमा चलिरहेको हि«ंसक संघर्षका कारण बिश्व ब्यापारमा आज ठूलो ब्यबधान सिर्जना भएको छ । जसले गर्दा परिबहन(ढुवानी)को भाडा अर्थात मूल्य  धेरै मँहगो भएर गएको छ । अनि कृषि कार्यका लागि किसानहरुले आवश्यक सामाग्रीहरुको ब्यवस्थापन गर्न पाइरहेका छैनन् । यसको असरको अनुगुञ्ज आउदो बर्षको बालीनाली उत्पादनको स्तरमा देखापर्ने सन्देह र सन्त्रास पनि बढ्दो छ ।
बिश्वमा आज जलवायु परिबर्तनको ब्यवधानको गहनता अर्थात् आबृत्ति पनि बढिरहेको छ । जसका कारणले गर्दा प्रभावितहरुका लागि बिपत्तिहरुका बीचबाट बारिह निस्कने अबसर रहेको छैन । यतिबेला हर्न अफ अफ्रिकामा अभूतपूर्ब खडेरी, बढ्दो संख्यामा मानिसहरुलाई चिन्ताजनक स्तरमा खाद्य असुरक्षातर्फ धकेलिरहेको छ भने सोमालियामा अकाल अझ बढ्ने अनुमान छ । बिभिन्न देशहरुमा बाढी पहिरोका कारण घरबास तथा कृषियोग्य भूमि बिनाश भएको छ । पाकिस्तानमा भएको बर्बादी त्यस बान्कीको एउटा पछिल्लो उदाहरण मानएिको छ । यस स्थितिमा प्रभाबित देशहरुका सरकारहरुद्वारा यी बढ्दा संकटको सामना गर्ने क्षमतामा आर्थिक चूनौतिहरुका कारण नकारात्मक असर परेको पनि औंल्याइदैछ । यस स्थितिले गर्दा मुद्रा स्खलित हुन, मुद्रास्फिति, ऋणको दबाव लगायत अन्य कठिनाइहरु बताइएको छ र बिश्व मन्दीको थप दबाब पनि बढिरहेको छ ।
 यस प्रकारको जटील र  गम्भीर स्थितिमा यस्ता मानिसहरुको संख्या पनि बढ्न सन्देह गरिएको छ  जसका लागि आफ्नो भोजनको प्रबन्ध गर्न सम्भव हुनेछैन, अनि उनीहरुको आधारभूत आवश्यकता पूरा गर्नका लागि मानबीय राहत र सहयोगको आवश्यकता पर्ने छ ।

Satyamohan-Joshi.webp


बिश्वखाद्य कार्यक्रमद्वारा सहायता प्रयास
यो यूएन खाद्य कार्यक्रमले  २०२२ का लागि आफ्नो योजनालाई महत्वाकांक्षी बताएको छ, जुन योजनामा भोक या अकालका कारण हुने गरेको मृत्युलाई रोकथाम गर्नका लागि प्रभावकारी कारबाहीलाई प्राथमिकता दिइएको भनिदैछ । यसको समानान्तर राष्ट्रिय खाद्य प्रणालीहरु र आपूर्ति श्रृंखलहरुमा पनि स्थिरत ल्याउनु पर्ने छ र जतिसम्म सम्भव हुन सक्छ तिनलाई सहन सक्षम बनाउनु पर्ने भन्ने कुरा छ ।
  यो बर्ष अहिलेसम्म यूएन एजेन्सीले आर्थिक संकटबाट पीडित श्रीलंकमा आफ्नो सहायत प््रयासमा छ दोब्बर बृद्धि गरेको छ भने सोमालियामा अकाल आशंकाका बीच आफ्नो अभियानको स्तरलाई बढाएको बताएको छ । त्यसरी नै दक्षिण सुडानको जोंगलेई प्रान्तमा पनि केही बाल बच्चाहरुले भोजन गर्न पाएका छन् जहाँ बिश्व खाद्य कार्यक्रमबाट त्यहाँ खाद्य असुरक्षा झेलिरहेका मानिसहरुलाई राशन प्रदान गर्ने गरिएको छ । अफगानिस्तानमा पनि हरेक पाँचमध्ये दुइ अफगान नागरिकलाई यति बेला यो यूएन एजेन्सीद्वारा सहायत प्रदान गर्ने कार्यक्रम जारी रहेको छ । यस यूएन एजेन्सीले यूक्रेनमा पनि एउटा आपतकालीन अभियान शुरु गरेको र हि«ंसक टक्कबाट ज्यान बचाएर मोलदोभामा शरण लिने गरेका मानिसहरुका लागि पनि पनि एउटा नयाँ कार्यालयन खोलेको छ ।
 यी सबै कार्यक्रमको परिप्रेक्षमा यो यूएन एजेन्सीलाई चालु बर्ष २०२२ का लागि १५ करोड ५० लाख मानिसहरुसम्म यअस प्रकारको सहायता पुर्याउनका लागि २४ अर्ब डलरको आवश्यकता हुने दर्शाइएको छ । तर बिश्व अर्थब्यवस्थाले यतिबेला कोभिड–१९ महामारी लगायत अन्य बिश्वब्यापी चुनौतिहरुको सामना गरिरहेको छ । अनि आवश्यकता र उपलब्धताका बीच खाडल अझ बढेको छ । त्यस संगठनका अनुसार बिश्वमा खाद्य सुरक्षा सुनिश्चि गर्नका लागि शान्ति र आर्थिक स्थीरता कायम राख्ने तथा मानबीय राहतको समर्थन जारी  लक्षसँग समन्वय गर्ने प्रयास गरिनु पर्ने कुरा अति नै आवश्यक रहेको औंल्याइन्छ ।