बुधबार, भाद्र ३ गते २०८३

प्रतिनिधिमूलक साधारणसभा गर्न सहकारीलाई प्रदेश १ रजिष्ट्रार कार्यालयको मार्गदर्शन

श्रावण १०, २०७८ आइतबार
प्रतिनिधिमूलक साधारणसभा गर्न सहकारीलाई प्रदेश १ रजिष्ट्रार कार्यालयको मार्गदर्शन

 

प्रदेश नं. १ रजिष्ट्रार कार्यालयले एक सूचना जारी गर्दै सहकारी संस्थाहरुलाई प्रतिनिधिमूलक उपस्थितिमा संस्थाहरुले साधारणसभा गर्न पाउने जनाएको छ । कोभिड –१९ महामारीले सिर्जना गरेको असहज परिस्थितिका कारण सबै सहकारीलाई प्रतिनिधिमूलक साधारण सभा गर्ने बारेमा एक मार्गदर्शन कार्यालयले जारी गरेको हो । 

कार्यालयले एक सूचना प्रकाशित गर्दै  ‘सबै सदस्यहरु भेला भई एक ठाउँमा साधारण सभा सम्पन्न गर्ने अवस्था नरहेको तथा साधारण सभा पनि समयमा सम्पन्न गर्नुपर्ने अवस्था रहेकोमा सदस्यको सहभागिता र सर्वोच्चता कायम रहनेगरी तोकिएको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अपनाएर प्रतिनिधिमूलक साधारण सभा गर्न’ स्वीकृति दिएको जनाएको छ ।

कार्यालयले कोरोना भाइरसबाट बच्न आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पालिका वा वडास्तरमा प्रतिनिधि बोलाई छलफल गराउन सकिने सूचनामा उल्लेख छ । 

Notice-1.jpgNotice-2.jpg