शनिबार, कार्तिक ८ गते २०८३

लक्ष्मी महिला साकोसको चौबीसौं साधारणसभा, ७८ लाख नाफा आर्जन

आश्विन १४, २०७९ शुक्रबार
लक्ष्मी महिला साकोसको चौबीसौं साधारणसभा, ७८ लाख नाफा आर्जन

 

लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको २४ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष मैया महतको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बागमति प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटा रहेका थिए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सापकोटाले सहकारीहरूले उत्पादनमूलक क्षेत्रम अब लगानी वृद्धि गरी सदस्यहरूलाइ व्यवसायिक बनाउनुपर्नेमा जोड दिए । 

सभाामा सचिव शर्मिला अधिकारीले आ.व. २०७८।७९ वार्षिक प्रतिवेदन र कोषाध्यक्ष शकुन्तला श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । गत असार मसान्तसम्म संस्थाको कुल शेयर पूँजी २ करोड ५२ लाख पुगेको छ । त्यस्तै असार मसान्त सम्ममा संस्थाको कुल निक्षेप संकलन १७ करोड ८ लाख  र ऋण लगानी १६ करोड ९४ लाख पुगेको छ । संस्थाले त्यस अविधमा ७८ लाख ३० हजारखुद नाफा कमाउन सफल भएको छ । संस्थामा २४६३ जना सदस्य आवद्ध रहेका छन् । 

कार्यक्रममा २१ जना जेष्ठ सदस्य, उत्कृष्ट एसईई सम्मान कार्यक्रम, संस्थाका उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट नियमित बचतकर्ता, उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट ऋणी सदस्यलाई सम्मान गरिएको थियो । बाल सदस्यहरुको लागि भिडियो बनाइ प्रशंसनिय कार्य गरेका सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।

सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीले सहकारीको मुल्यमान्यता र सिद्धान्त आत्मसात गर्दै नीति, कार्यक्रम र योजना लागु गर्दै आएको जनाए । त्यसैगरी महिला सदस्यहरूलाइ आर्थिक समृद्धिमा जोड्नका लागि उनीहरूमा सीप विकास गरी उद्यमशीलतामा लाग्न उत्प्रेरित गर्दै आएको बताए । संस्थाले नवदुलही भेटघाट, प्रसुति भेटघाट, मृत्यु तथा विरामी राहत, रक्तदान, स्वास्थ्य शिविर र बिभिन्न तालिमहरू गर्दै आएको छ।  

laxmi mahila.jpg