शनिबार, कार्तिक ८ गते २०८३

श्री बज्रवाराही साकोसको १३औं साधारणसभा सम्पन्न, कुल कारोबार १७ करोड माथि

आश्विन १४, २०७९ शुक्रबार
श्री बज्रवाराही साकोसको १३औं साधारणसभा सम्पन्न, कुल कारोबार १७ करोड माथि

 

श्री बज्रवाराही बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा बिहिबार सम्पन्न भएको छ । समुदायमा छरिएर रहेको पुँजीलाइ संकलन गरी समुदायमा नै परिचालन गर्ने उद्देश्यले २०६६ सालमा २८ जना शेयरसदस्य र ८३ हजार पुँजीबाट संस्था शुरू भएको थियो । संस्थाले १३ औं वार्षिक साधारणसभासम्म आइपुग्दा १६८० सदस्य र १७ करोडभन्दा बढी कुलपुँजी निर्माण गरेकाे छ । 

सभामा अध्यक्ष फणिन्द्रनाथ सुवेदीले प्रतिवेदन प्रस्तुत गर्दै सहकारीमार्फत गरिवी न्यूनिकरण गर्दै सदस्यहरूलाइ व्यवसायी बनाउने र उक्त क्षेत्रकै नमूना संस्था बन्ने उद्देश्यका साथ स्थापना भएको संस्था यस अवधिमा आइपुग्दा जिल्लाकै एक नमूना संस्था बन्न सकेको उल्लेख गरे । संस्था नेफ्स्कुनबाट सञ्चालित प्रोबेसन कार्यक्रममा आवद्ध रहेको उनले बताए । संस्थाले सदस्यहरूलाइ प्रविधिमैत्री सेवा दिने उद्देश्यले मोबाइल बैंकिङ, क्यू आर पेमेन्ट र अन्तरबैंकिङ फण्ड ट्रान्सफरको सुविधा दिएको छ । 

bajrabarahi.jpg

संस्थाले सदस्यहरूले गरेको बचत र ऋण कारोबारका आधारमा संरक्षित पुँजी फिर्ता कोषको रकम फिर्ता गर्ने भएकाे छ ।  

सभामा सचिव रविन्द्रप्रसाद विडारीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी कोषाध्यक्ष सुरेन्द्र गोपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले स्थानीय स्तरमा रहेको पुँजीलाइ एकिकृत गर्दै १३ वर्षसम्म आइपुग्दा ठूलो पुँजी निर्माण गर्न सकेको बताए । 

गत आ.व. को असार मसान्तसम्म संस्थाले शेयरपुँजी १ करोड ६७ लाख, जगेडा कोषमा ८२ लाख ७४ हजार, अन्य कोषहरूमा ४३ लाख, बचत संकलन ९ करोड ६१ लाख गरी १३ करोड ३८ लाख ऋण सदस्यहरूमाझ लगानी गरेको छ । सो अवधिमा संस्थाल ५१ लाख रूपैया नाफा आर्जन गरेको छ । 

bajrabarahi 3.jpg