शनिबार, आश्विन १७ गते २०८३

ओरेन्टल सहकारीको फाइल पुनः समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा फिर्ता 

आश्विन ११, २०७९ मंगलबार
ओरेन्टल सहकारीको फाइल पुनः समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा फिर्ता 

समस्याग्रस्त ओरेन्टल सहकारीको फाइल पुनः समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा फिर्ता पठाइएको छ । सहकारी विभागबाट संस्थालाई पत्राचार गरी गत असार १५ देखि भाद्र २० गतेसम्म संस्थाको दायित्व फरफारक योजना पेश गर्न समय दिएकोमा कार्यतालिका पनि प्राप्त नभएको र संस्थाको स्पष्टिकरण समेत सन्तोषजनक नभएकाले मन्त्रिपरिषदको अशोज ७ को निर्णयबाट ओरेन्टलको फाइल पुनः समितिमा फिर्ता पठाइएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सहसचिव पद्यमनिधि सोतीद्वारा प्रेषित प्रेस विज्ञप्तिमा ओरेन्टल सहकारीमा सहकारी ऐन २०७४ को दफा १०४ को उपदफा १ का खण्ड क देखि च सम्मको अवस्था विद्यमान रहेकोले विभागका रजिष्ट्रारको सिफारिष र ऐनको दफा १०४ को उपदफा २ बमोजिम समस्याग्रस्त संस्था घोषणा गरी समितिमा पठाइएको जनाएको छ ।

२०७४ चैत्र मसान्तसम्म साँवाँब्याज सहित निक्षेपकर्ताको करीब १६ अर्ब १ करोड दायितव भुक्तानी गर्नुपर्ने देखिन्छ तर संस्थाले ४६९७ जनाको करि २ अर्ब २ करोड निक्षेपमात्र फिर्ता गर्न स्वीकार गरेकाले दायित्व विवरण फरक परेको जनाइएको छ ।

ओरेन्टललाइ विगत लामो समयदेखि साधारण सभा, विशेष साधारणसभा नगरेको , सञ्चालक समति र लेखा सुपरीवेक्षण समितिको बैठक तथा निर्वाचन नगरेको , नियमित रुपमा स्पष्ट ठेगानासहित कार्यालय सञ्चालन नगरेको, दशौं वर्षदेखि हजारौं बचतकर्ताको निक्षेप फिर्ता नगरेको लगायतका अनियमितताको लागि विभाग र अन्य निकायमा उजुरी परेको थियो ।

समितिले ओरेण्टल सहकारीको विषय हेरिरहेको अवस्थामा २०७६।११।११मा सर्वोच्च अदालनको फैसला पछि संस्थाको व्यवस्थापन समितिबाट विभागमा पठाइएको थियो ।