शनिबार, कार्तिक ८ गते २०८३

जनसेवा साकोसको पहिलो सेवाकेन्द्र पोखराको बगरमा

आश्विन ११, २०७९ मंगलबार
जनसेवा साकोसको पहिलो सेवाकेन्द्र पोखराको बगरमा

जनसेवा बचत तथा ऋण सहकारी संस्थाले पोखराको बगरमा पहिलो सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । साकोसका अध्यक्ष चेतनाथ गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पृथ्वी नारायण क्याम्पसका प्राध्यापक डा. विश्वकल्याण पराजुली रहेको थिए ।  

सेवा केन्द्रको उद्घाटन गर्दै प्रमुख अतिथि पराजुलीले जनसेवा सहकारीको आफ्नो छुट्टै पहिचान र विशेषता भएकोले पुरुन्चौरमा जसरी ३० बर्षको सफलता प्राप्त गरी जिल्ला र प्रदेशको उत्कृट संस्थाको रुपमा आफुलाई रुपान्तरित गरेको छ त्यसरीनै पोखरा–१ बगरबाट पनी सफल हुने कुरामा विश्वास लिएको उल्लेख गरे । गाउँको सहकारी सहरमा आउँदा केही असहजताहरु भएपनि निसंकोच आफ्ना वित्तीय सेवा प्रवाह गर्न र सहकारी अभियानको यात्रालाई निरन्तरता दिन अनुरोध गरे । 

संस्थापक सदस्य विष्णु प्रसाद अधिकारीले जनसेवा साकोसका विगतदेखि वर्तमानसम्मका उतारचढावहरुबारे जानकारी गराएका थिए । पोखरा महानगर सहकारी समितिका प्रतिनिधि नारायण प्रसाद आचार्यले जनसेवा साकोस कास्की जिल्लामा मात्र नभई गण्डकी प्रदेशमै उत्कृष्ट संस्थाको रुपमा रहेको बताए । 

साकोसका सचिव दानबहादुर भुजेलले सञ्चालन गर्नुभएको कार्यक्रममा निवर्तमान अध्यक्ष लीलाधर अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने व्यवस्थापक प्रेमसागर अधिकारीले जनसेवा साकोसका सेवाहरुबारे जानकारी गराउनुभएको थियो ।

हाल २ हजार शेयर सदस्य रहेको साकोसको कुल कारोबार रु. ३० करोड, शेयर पुँजी रु. ३ करोड, बचत रु. २३ करोड, ऋण लगानी रु. २४ करोड ५० लाख र जगेडा कोषमा रु. २ करोड पुर्‍याउन सफल भएको छ ।

पोखरा बजारको उत्तर ग्रामीण क्षेत्र पुरुन्चौर ३० बर्ष पहिले साकोसको स्थापना भएको थियो । ६८ जना शेयर सदस्यहरुबाट रु. ६८ हजार पुँजी संकलन गरी साकोसले सदस्य सेवा सुरु गरेको थियो ।