शनिबार, कार्तिक ८ गते २०८३

कश्मिरा साकोसको १५औं साधारणसभा, बचत संकलन २४ करोडमाथि

आश्विन ९, २०७९ आइतबार
कश्मिरा साकोसको १५औं साधारणसभा, बचत संकलन २४ करोडमाथि

 

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के बी उप्रेतीले राज्य र बैंकवित्तीय संस्थाका कारण सहकारीमा समस्या आएको बताएका छन् । राज्यले गलत सूचना प्रवाह गर्दा र बैंकहरूले निक्षेपमा अनेकन स्किम त्यसको प्रभाव सहकारीहरूमा परेको उनको भनाइ छ । 

कश्मीरा बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभाको प्रमुख अतिथिको रूपमा बोल्दै उनले बैंकहरू एग्रेसिभ मार्केटिङमा लागेका र सहकारीका सदस्यहरूमा अविश्वास पैदा गरी बैंकमा पैसा लैजाने लिएका कारण सहकारीमा तरलताको अभाव हुन पुगेको उनले बताए । 

साधारण सभाको विशेष अतिथिमा पूर्व संस्कृति तथा पर्यटन मन्त्री योगेश कुमार भट्टराई र पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा।घनश्याम खतिवडा रहेका थिए ।  संस्थाका अध्यक्ष रमेश प्रसाद पाण्डेले सभाको सभापतित्व गरेका थिए । सभामा बोल्दै उनले आफ्नो पुँजी आफ्नै संस्थाबाट परिचालन किन नगर्ने भन्ने उदेश्यले संस्था स्थापना गरेको र पन्ध्रौं वर्षमा आइपुग्दा संस्थाका समग्र वित्तीय सूचांकहरूमा वृद्धि हुँदै गएको बताए । संस्थालाइ अप्ठेरो पर्दा सहयोग गर्ने मात्र वास्तविक सदस्य हुने भन्दै उनले आक्रामक सदस्य विस्तारमा भन्दा पनि वास्तविक सदस्य बनाउन आफुहरूले लागिपरेको उनले जनाए । 

kashmira 2.jpg

कार्यक्रममा संचालक समितिको तर्फबाट अध्यक्ष पाण्डद्वारा प्रस्तुत आ।व।२०७८र०७९ को प्रतिवेदनमाथि छलफल गरि सो प्रतिवेदन पारित गरिएको थियो भने लेखा समितिका संयोजक डिल्लिराज धितालद्वारा प्रस्तुत लेखा परिक्षण प्रतिवेदन पनि सर्वसम्मत रूपमा पारित गरिएको थियो । 

प्रतिवेदन अनुसार सस्थामा ४२१ जना सदस्यमार्फत २ करोड ५१ लाख शेयरपुँजी संकलन भएको छ । त्यसैगरी २४ करोड ४८ लाख बचत संकलन गरी ३६ करोड १४ लाख रूपैया कर्जा लगानी गरी कुल सम्पति ३९ करोड ५६ लाख पुगेको छ । त्यस अविधमा संस्थाले २४ लाख ४७ हजार खुद नाफा गर्न सकेको छ । 

संस्थाले यस आ।व।मा सदस्यता विस्तार गर्ने, कर्जालाइ विविधिकरण गर्ने, सदस्यका जेहेन्दार छोराछोरीलाइ शिक्षा आर्जनमा सहयोग पुर्‍याउने र सदस्यहरूला नियमित बचत गर्न प्रोत्साहन गर्ने योजना अघि सारेको छ । 

सभामा विभिन्न विधामा उत्कृष्ट हुने सदस्यहरूलाइ सम्मान गरिएको थियो । संस्थाका सचिव जयराम तिमिल्सिनाले संचालन गरेको कार्यक्रममा सुदर्शन अर्यालले उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वागत गरेका थिए ।