शनिबार, कार्तिक ८ गते २०८३

शुभप्रभात साकोसकाे चाैधाैं साधारणसभा सम्पन्न, कुल वासलात ५८ कराेड माथि

आश्विन ९, २०७९ आइतबार
शुभप्रभात साकोसकाे चाैधाैं साधारणसभा सम्पन्न, कुल वासलात ५८ कराेड माथि

 

शुभप्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष विकास काजी श्रेष्ठको सभापतित्व र बाह्रबिसे नगरपालिकाको नगर प्रमुख बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 

सभामा कोषाध्यक्ष विकास पौडलले आर्थिक वर्ष २०७८।०७९ को वित्तीय प्रतिवेदन प्रस्तुत गर्दै असार मसान्त सम्म संस्थाको शेयर पूँजी ३ करोड ८८ लाख, कुल बचत रु ४८ करोड १० लाख, सदस्यहरुमा ऋण लगानी ३७ करोड ६७ लाख रहेको जानकारी दिए । 

संस्थागत पूँजी रु. ३ करोड ९ लाख रहेको संस्थाको कुल सम्पत्ति रु. ५८ करोड ४९ लाख र संचालन मुनाफा रु. १ करोड ३० लाख रहेको उनले जानकारी दिए । 

संस्थाका सचिव दिपकविक्रम थापाले प्रगति प्रतिवेदन तथा आ.ब. २०७९।८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने लेखा सुपरिवेक्षण समितिका संयोजक  भिमसेन भण्डारीले लेखा समितिको प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । 

सभाले सदस्यहरुलाई १३.४० प्रतिशतका दरले शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोषमा रहेको रकम रु. २४ लाख ३८ हजार ३१६ रुपैया नियमित बचत तथा ऋणको कारोबार गर्ने सदस्यहरुलाई वितरण गर्ने निर्णय गरेकोछ । 

साधारण सभामा उपस्थित अतिथिहरु, सञ्चालक समिति, लेखा समिति, अन्य उपसमितिहरु, संस्थाको अग्रज ब्यक्तित्वहरु, सल्लाहकारहरु र सदस्यहरुलाई  हार्दिक धन्यवाद ज्ञापन गर्दै अध्यक्ष विकास काजी श्रेष्ठले ‘सन्तुष्ट सदस्य, उत्कृष्ट सहकारी’ बनाउने लक्ष्यका साथ सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई अंगिकार गर्दै सदस्यहरुको जीवनस्तरमा परिवर्तन ल्याउने कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । केतु बोर्डिङ्ग स्कुल बाह्रविसेमा आयोजित सभामा सह–सचिव नवराज थापाले उपस्थितहरूको स्वागत गरेका थिए । 

शुभप्रभात shubhaprabhat AGM 2.jpg