शनिबार, कार्तिक ८ गते २०८३

नवजागरण बचत तथा ऋण सहकारी संस्थाको २४औं वार्षिक साधारणसभा सम्पन्न 

आश्विन ९, २०७९ आइतबार
नवजागरण बचत तथा ऋण सहकारी संस्थाको २४औं वार्षिक साधारणसभा सम्पन्न 

 

रामेछापको मन्थली नगरपालिकामा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाले २४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । 
 
गत आश्विन १ गते देखि ७ गतेसम्म ईकाईगत रुपमा सभा संञ्चालन गरी ८औं दिन संस्थाले समापन सभा गरेको हो । 

संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षतामा भएको समापन सभाको प्रमुख अतिथि मन्थली नगरपालिका का प्रमुख लव श्रेष्ठ रहेका थिए । 

त्यस अवसरमा जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुंगेल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहाल, नेफस्कुन फिल्ड कार्यालय मन्थलीका सुर्य थापा, पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्री नयाँघरेले शुभकामना प्रकट गरेका थिए । 

सभाले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदनहरु पारित गरेको छ । 

साधारण सभा समापन कार्यक्रममा आ.व. २०७८/०७९ मा उत्कृष्ट कारोबार गर्ने नियमित बचतकर्ता शेयर सदस्य, ज्येष्ठ शेयर सदस्यलाई सम्मान एवं पुरस्कार प्रदान समेत गरिएको छ ।

२०५५ साल साउन १२ गते स्थानीय २५ जना महिलाहरुको सक्रियतामा मासिक १० रुपैयाँ बचत गर्ने गरि स्थापना भएको उक्त सहकारीले २४ औं वर्षमा आइपुग्दा कूल एक करोड ५७ लाख बढी नाफा मात्रै आर्जन गरेको छ । त्यस्तै २५ जनाबाट सुरु भएको सहकारी २४ वर्षपछि ८ हजार बढि सदस्य आबद्द रहेका छन् ।  २०७९ असार मसान्तसम्म संस्थाको शेयर पुँजी  ४ करोड ५५ लाख ९९ हजार रहेको छ ।

 

nawa jagaran 2.jpg