यु एम बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा लक्ष्मीनारायण श्रेष्ठ निर्वाचित भएका छन् । सहकारी संस्थाको रिक्त अध्यक्ष पदमा उपनिर्वाचनबाट श्रेष्ठ निर्वाचित भएका हुन् । श्रेष्ठ यसअघि लेखा तथा सुपरिवेक्षण समिति संयोजक थिए । यसैगरी कार्यसमितिको रिक्त सदस्य पदमा सोमकाजी शाक्य निर्वाचित भएका छन् । कार्यसमितिमा उपाध्यक्ष रमादेवी श्रेष्ठ, सचिव मञ्जेश तौजले, कोषाध्यक्ष राजाराम तौजले, राजन श्रेष्ठ, समिर श्रेष्ठ सदस्य छन् । रिक्त भएकोे लेखा तथा सुपरिवेक्षण समितिको संयोजक पदमा रिना मानन्धर निर्वाचित भएकी छन् । रुसा श्रेष्ठ र विक्रम मानन्धर समितिको सदस्य रहेका छन् ।
संस्थाले भाद्र २५ देखि अशोज २ गतेसम्म ९ स्थानमा रहेका सेवा कार्यालयमा सभा आयोजना गरी उपस्थिति तथा वार्षिक प्रतिवेदन वितरण गरेको थियो ।

साधारण सभाले १२ प्रतिशत शेयर लाभाशं वितरण गर्ने र गरुड बचत तथा ऋण सहकारी संस्थासंग एकिकरण गर्ने प्रस्ताव पारित गरेको प्रमुख कार्यकारी अधिकृत रुसन श्रेष्ठले जानकारी दिए ।
५ करोड ३ लाख ८२ हजार शेयरपुँजी रहेको संस्थाले ७६ करोड २७ लाख ५८ हजार कर्जा लगानी गरेर ९२ करोड ४४ लाख २१ हजारको कारोबार गरेको छ ।
संस्थाले काभ्रे र सिन्धुपाल्चोकमा कार्यक्षेत्र बनाइ वित्तीय कारोबार गर्दै आएको छ ।