बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाले क्षेत्रगत रुपमा बनेपा, धुलिखेल र नालामा गरी ३ क्षेत्रबाट सभा सम्पन्न भएको हो । बनेपामा संस्थाका अध्यक्ष कैलाश केसी, धुलिखेलमा लेखा सुपरीवेक्षण समिति संयोजक पूर्णबहादुर कार्की र नालामा सचिव जयराम थापाको क्षेत्रगत सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
सभामा अध्यक्ष कैलाश केसीले सबल र सुरक्षित रूपमा अघि बढेको उल्लेख गर्दै बुडोल सदस्यको हितमा निरन्तर काम गर्दै आएको उल्लेख गरे ।
संस्थाका सचिव जयराम थापाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले गत आ। व मा रक्तदान, राहत वितरण, जटिल रोग उपचार खर्च, सुत्केरी भेटघाट, दैवी विपद् सहयोग र नव दुलही भेटघाट जस्ता गतिविधि गरी सदस्यहरूलाइ प्रत्यक्ष लाभ पुर्याएको जनाए ।
संस्थाले सदस्यहरूलाइ निःशुल्क दुर्घटना बीमा सुविधा प्रदान गरेको छ । त्यसैगरी कोषाध्यक्ष राधेश्याम केसीले आर्थिक प्रतिवेदन प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७८।०७९ को अन्त्यमा संस्थाको कुल सम्पत्ति रु १ अर्ब ७४ करोड ६५ लाख, कुल बचत रु १ अर्ब ३२ करोड २१ लाख, शेयर पूँजी रु. १४ करोड ८७ लाख, लगानीमा रहेको ऋण रु। १ अर्ब ३३ करोड ५४ लाख, संस्थागत पूँजी रु ११ करोड ७६ लाख र संचालन मुनाफा रु ६ करोड २१ लाग ६८ हजार रहेको विवरण प्रस्तुत गरे ।
सभाले सदस्यहरुलाई १४.५० प्रतिशतका दरले शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोषबाट बचतमा योगदान गर्ने सदस्यहरुलाई बचतमा प्राप्त गरेको ब्याजको ३.५ प्रतिशत र ऋणमा योगदान गर्ने सदस्यहरुलाई ऋणमा तिरेको ब्याजको ३ प्रतिशतका दरले हुन आउने रकम वितरण गर्ने निर्णय गरेको छ ।
सभासमक्ष प्रमुख सल्लाहकार एवं निवर्तमान अध्यक्ष रामहरि केसी, सल्लाहकार प्राध्यापक भोलाबहादुर केसी, र सल्लाहकार भैरव केसीले क्षेत्रगत रुपमा आ–आफ्नो क्षेत्रबाट शुभकामना दिएका थिए ।
संस्थामा आवद्ध शेयर सदस्यहरुलाई शेयर लाभांश र बाल बचतकर्ता सदस्यहरुलाई बचतको आधारमा कपि, पेन्सील र पेन वितरण गरिने संस्थाका का।मु। प्रमुख कार्यकारी अधिकृत रामकृष्ण राय क्षेत्रीले जानकारी दिए । साकोसले सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको छ ।