जनता बचत तथा ऋृण सहकारीले भाद्र महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार संस्थासँग १३।८३ प्रतिशत तरलता विद्यमान रहेको छ । जस अनुसार संस्थासँग २ करोड ९० लाखभन्दा तरल मौज्दात रहेको छ ।
शेयर पुँजी ३ करोड २६ लाख १९ हजार रहेको संस्थामा भाद्र मसान्तसम्म २० करोड ९७ लाख ५५ हजार बचत संकलन र २२ करोड ३६ लाख ६२ हजार ऋण लगानी कायम छ । कुल कारोबार २७ करोड ३४ लाख ९१ हजार पुगेको छ ।
संस्थामा कुल सदस्य ३१२६ रहेकोमा १९५ जना ऋणी सदस्य रहेका छन् ।
