शुक्रबार, कार्तिक ७ गते २०८३

के.एल.दुगड गु्रपका प्रबन्ध निर्देशक कुमुद कुमार दुगड “प्रबल जनसेवाश्री” बाट सम्मानित

आश्विन ३, २०७९ सोमबार
के.एल.दुगड गु्रपका प्रबन्ध निर्देशक कुमुद कुमार दुगड “प्रबल जनसेवाश्री” बाट सम्मानित

के.एल. दुगड गु्रपका प्रबन्ध निर्देशक, समाजसेवी एवम् उद्योग व्यवसायी श्री कुमुद कुमार दुगडज्यूलाई “प्रबल जनसेवाश्री” पदकबाट विभुषित गरिने घोषणा भएको छे । देशको सामाजिक, आर्थिक लगायत मुलुकको समग्र औद्योगिक, व्यवसायिक क्षेत्रको विकासमा वहाँँले पु¥याउँदै आउनुभएको योगदानको कदरस्वरुप संविधान दिवसको अवसर पारेर सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट उहाँलाई “प्रबल जनसेवाश्री” पदकबाट विभुषित गरिने भएको हो । 

निज दुगडको अग्रसरतामा कृषिलाई व्यवसायिकरण र औद्योगिकरण गर्नेतर्फ कृषकहरुलाई अभिप्रेरित गरी कृषिजन्य उद्योग व्यवसायमा विशिष्ट योगदान पु¥याउँदै उपभोक्ताहरुको स्वास्थ्य सुरक्षाको हक–हित र अधिकारको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउँदै स्थानीय कच्चा –पदार्थमा आधारित उद्योग तथा कृषिजन्य उद्योग व्यवसायको विकास र विस्तार गर्दै  आएका छन् ।