शनिबार, आश्विन १७ गते २०८३

असोज १ गतेदेखि सार्वजनिकस्थलमा धुम्रपान गरे महानगरले कारवाही गर्ने

भाद्र ३०, २०७९ बिहीबार
असोज १ गतेदेखि सार्वजनिकस्थलमा धुम्रपान गरे महानगरले कारवाही गर्ने

 

काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रमा असोज १ गतेदेखि धुम्रपानजन्य गतिविधि गर्न नपाइने जनाएको छ । 

महानगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिँडी, सिगार, तम्माखु, सुल्फा, कंकड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाएको हो। सार्वजनिक स्थललाई धुम्रपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ ।

कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाण्डौ महानगरपालिकालाई धुम्रपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउनको लागि जारी भएको सूचना अटेरी गर्नेलाई कारवाही गर्नुका साथै जरिवाना तिराइने समेत सूचनामा उल्लेख छ ।