प्रोटोन ब्राण्ड गाडिको आधिकारीक विक्रेता, शंकर ग्रुप अन्तर्गतको जगदम्वा मोटर्सले ‘गन्तब्य खुशीयालीको–हर्ष दशैं र तिहारको’ भन्ने नाराका साथ दशैं–तिहार पर्व बिशेष योजना ल्याएको छ । ‘अभिभावकको कार– सन्तानको स्कूटर साकार’ भन्ने अभियानका साथ ल्याइएको यो योजना अन्तर्गत ग्राहकले हरेक Saga Sedan Car को खरिदमा TVS Ntorq स्कुटर जित्ने अवसर प्राप्त गर्नेछन् ।
यसका साथै यस योजना अन्तर्गत ग्राहकहरुले आकर्षण नगद पुरस्कार, एक बर्षका लागि निशुल्क इन्स्योरेन्स सेवा तथा सडक दस्तुर, एक्स्चेञ्ज सुविधाका साथै सहज फाइनान्स सुविधा एवं आकर्षण गिफ्ट ह्याम्पर समेत प्राप्तगर्न सक्नेछन् । स्टक सिमित रहेकोले स्टक रहेसम्म मात्र यो सुविधा उपपलब्ध हुने कम्पनिले जनाएको छ ।