सहकारी संघसंस्थाहरुले आर्थिक वर्ष समाप्त भएको ३ महिना भित्र लेखापरिक्षण र ६ महिनाभित्रमा वार्षिक साधारण सभा सम्पन्न गरी साधारण सभाको निर्णय र पारित लेखापरीक्षण प्रतिवेदन सहितको वार्षिक प्रतिवेदन प्रदेश सहकारी नियमावली २०७६ को नियम १८ बमोजिम आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र आफ्नो नियामक कार्यालयमा बुझाउनुपर्ने व्यहोरा विदितै छ । यस कानूनी प्रावधान बमोजिम मन्त्रालयको नियमन क्षेत्राधिकारभित्र पर्ने सहकारी संघसंस्थाहरुले आ.व. ०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन सहितको वार्षिक प्रतिवेदन २०७८ पौष मसान्तभित्र यस मन्त्रालयमा बुझाई सक्नु पर्नेमा सो अवधिसम्ममा धेरै संघसंस्थाहरुबाट प्रतिवेदन प्राप्त नभएकोले यो सूचना प्रकाशित गरिएको छ। प्रतिवेदन पेश गर्नु सम्बन्धित सहकारी संघसंस्थाहरुको कानूनी दायित्व भएको, प्रदेश सरकारको नियमन क्षेत्रमा पर्ने सहकारी संघसंस्थाहरुको आधारभूत तथ्याङ्कहरु अद्यावधिक गर्ने कार्य समेत भइरहेको हुँदा प्रतिवेदन पेश गर्न बाकी सहकारी संघसंस्थाहरूले तत्काल प्रतिवेदन पेश गर्नका लागि सूचित गरिएको छ। प्रतिवेदन प्राप्त नभएमा वा संस्था संचालनमा रहेको कुनै जानकारी प्राप्त नभएमा त्यस्ता सहकारी संघसंस्थाहरुलाई निस्कृय सूचीमा राखी जरिवाना लगायत आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइएको छ।