शनिबार, कार्तिक ८ गते २०८३

साधारण सभा सकिएको १५ दिनभित्र प्रतिवेदन बुझाउनुः महानगरपालिका सहकारी विभाग

भाद्र २९, २०७९ बुधबार
साधारण सभा सकिएको १५ दिनभित्र प्रतिवेदन बुझाउनुः महानगरपालिका सहकारी विभाग

 

काठमाडौं महानगरपालिका सहकारी विभागले समयमा साधारण सभा प्रतिवेदन बुझाउन निर्देशन गरेको छ । महानगरको कार्यक्षेत्र भित्रका संस्थाहरुलाई एक परिपत्र जारी गर्दै साधारणसभा सकिएको १५ दिनभित्र सभासम्बन्धी पूर्ण विवरणसहित सहकारी विभागलाई जानकारी दिन भनेको हाे । 

सबैं सहकारी संस्थाले पुस मसान्त भित्र अनिवार्य रुपमा साधारणसभा सम्पन्न गरिसक्नु पर्ने र त्यसको प्रतिवेदन १५ दिन भित्र विभागमा बुझाउन भनेको हो । 

संस्थाहरुलाई जारी गरेको निर्देशनमा साधारणसभामा सदस्यहरुको भूमिकालाई अझ सक्रिय बनाउन उदघाटन सत्रलाई तथा मन्तव्यका कायक्रम नराखी सोझै एजेण्डा उपर छलफल गर्ने वातावरण मिलाउन निर्देशन भनिएको छ । विभागले सहकारी संस्थालाई जारी गरेको ९ बुँदे निर्देशनमा उक्त व्यवस्था उल्लेख छ ।

प्रतिवेदनमा सदस्य संख्या, सेयरपुँजी, बचत संकलन, ऋण लगानी, स्थिर सम्पत्ति, जम्मा सम्पत्ति दायित्व, प्रत्यक्ष रोजगारी, सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रतिवेदन पेश गरे नगरेको उल्लेख गरी महानगरमा बुझाउन भनिएको छ।

सहकारीहरुले लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समिति तथा लेखा समितिको प्रतिवेदन साधारण सभामा छलफल गरेर मात्रै पास गर्नुपर्ने र सबै सदस्यलाई साधारणसभामा उपस्थितिको लागि अनुरोध गर्नुपर्ने महानगरपालिका सहकारी विभागले जनाएको छ ।