शनिबार, कार्तिक ८ गते २०८३

उग्रतारा बहुउद्देश्यीय सहकारी संस्थाको १९औं साधारण सभा सम्पन्न

भाद्र २८, २०७९ मंगलबार
उग्रतारा बहुउद्देश्यीय सहकारी संस्थाको १९औं साधारण सभा सम्पन्न

 

बनेपामा रहेको उग्रतारा बहुउद्देश्यीय सहकारी संस्थाको १९औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पूर्ण प्रसाद पलाञ्चोकेको सभापतित्व तथा बनेपा नगर पालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । 

सभाले संस्थाका सचिव दियेसरत्न शाक्य, कोषाध्यक्ष लक्ष्मीलाल राजभण्डारी तथा लेखा सुपरीवेक्षण समितिका संयोजक शान्तिराज कायस्थले पेश गरेको प्रतिवेदन पारित गरेको छ । 

आर्थिक बर्ष २०७८।०७९ सम्ममा संस्थामा कुल सदस्य संख्या २४९०, जगेडा तथा अन्य कोष गरी कुल रु ५ करोड ११ लाख ४४ हजार, कुल शेयर पुँजी ५ करोड २६ लाख ९ हजार, कुल बचत ७८ करोड ३२ लाख ८३ हजार, कुल कर्जा सापट ७३ करोड ८४ लाख २४ हजार पुगेको छ । 

त्यस अवधिमा कुल आम्दानी ९ करोड ५८ लाख ६५ हजार, कुल खर्च ७ करोड ५७ लाख ५७ हजार भएको छ भने संस्थाको कुल सम्पत्ति ९० करोड १० लाख ६२ हजार पुगेको छ । 

सभामा ८० वर्ष र सो भन्दा बढी उमेर भएका जेष्ठ शेयर सदस्यहरुलाई नगद ५००० सहित सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट बचत तथा ऋणमा कारोबार गर्ने शेयर सदस्यहरुलाई पनि सम्मान गरिएको थियो । सोही अवसरमा प्रमुख अतिथि शान्तिरत्न शाक्यले संस्थाले नगरपालिकाको कुनै पनि कार्यक्रममा सहयोग गर्नु पर्ने उल्लेख गरे । 

विशिष्ठ अतिथि काभ्रे जिल्ला बचत तथा ऋण सहकारीका उपाध्यक्ष तथा बनेपा नगर पालिकाका सहकारी संयोजक सागरनाथ कपालीले संस्थाले संस्था नीति, विधि, प्रविधि र प्रणाली अनुसार संचालन भई शेयर सदस्यहरुको मन जित्न सफल भएको बताए । 

संचालक सदस्य दिब्यश्वरी लाखे पोटेले सञ्चालन गरेको सभामा, प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त थापाले स्वागत गरेका थिए भने संस्थाका अध्यक्ष श्री पूर्ण प्रसाद पलाञ्चोकेले धन्यवाद ज्ञापन गर्दै सभा बिसर्जन गरेका थिए ।