शनिबार, कार्तिक ८ गते २०८३

बजगाईं अध्यक्षमा पुनः निर्वाचित, ललितपुर बचत संघमा दाेश्राे कार्यकाल

भाद्र २८, २०७९ मंगलबार
बजगाईं अध्यक्षमा पुनः निर्वाचित, ललितपुर बचत संघमा दाेश्राे कार्यकाल

 

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २८ औं साधारण सभाबाट अध्यक्षमा रामहरि बजगाई विजयी भएका छन् । यस अघि समेत अध्यक्ष रहेका बजगाई पुनः निर्वाचित भएका हुन् ।

उनका निटकतम प्रतिद्वन्दी नरेन्द्र महर्जनले १३३ मत पाउँदा बजगाइले २२५ मत प्राप्त गरी विजयी भएका हुन् । संघको वरिष्ठ उपाध्यक्षमा करुणारत्न बज्राचार्य विजयी भएका छन् । सचिवमा भने दुवै प्यानलमा नरहेका श्यामकृष्ण महर्जन चुनिएका छन् ।

संघको निर्वाचनमा नेकपा एमाले, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) निकट सहकारीकर्मीहरुको प्यानल र नेपाली कांग्रेस निकट सहकारीकर्मीहरु प्यानल बनेको थियो । संघको निर्वाचनमा जम्मा मत ३६८ मध्ये ३६३ मत खसेको थियो ।