राष्ट्रिय सहकारी महासंघले सहकारी अभियानको शीर्षस्थ निकाय भएकोले सहकारी संघसंस्थामा उत्पन्न समस्याको समाधान र संस्थाको हितका लागि अभिभावकीय भूमिका निर्वाह गर्ने विषयमा गम्भीर रहेको जनाएको छ।
महासंघले विहीबार अपरान्ह एक अपील जारी गर्दै निश्चिन्त भएर सहकारीमा कारोबार गर्न सदस्यहरूलाइ भनेका छ । बजारमा हल्ला भएजस्तो समस्या सहकारी क्षेत्रमा नभएको दावी महासंङको छ । महासंघले विहीबार एक अपील जारी गर्दै आफु आवद्ध सहकारी संस्थामा निश्चिन्त भएर सेवा लिन सदस्यलाई आग्रह गरेको हो ।
महासंघले सहकारी संस्थाहरु स्वनियम, सुशासनमा संचालन हुनुपर्ने, संघसंस्थाको क्रियाकलाप नीति विधि र प्रविधिमैत्री हुनुपर्ने सुझाव दिएको छ ।
विभागको निर्देशन अनुसार वित्तीय विवरण प्रकाशन गर्न, छिटो साधारणसभा गरी सदस्यहरुलाई विश्वासमा लिन, ऋण असुलीलाई प्राथमिकतामा राख्न, समस्या भएमा माथिल्लो तहको संघ वा बैंकसँग समन्वय र सहजिकरण गर्न अपीलमा सुझाइएकाे छ ।
तरलता अभाव हुन नदिन सहकारी क्षेत्रको पैसा सहकारी क्षेत्रमै राख्न महासंघको सुझाव छ । संस्थाहरूलाइ चुस्त दुरूस्त, क्षमतावान , व्यवसायिक एवं सुदृढ बनाउन महासंघले दिने तालिम तथा स्तरीकरण कार्यक्रममा नियमित रूपमा सहभागी हुन समेत महासंघले सुझाएको छ ।
