शनिबार, कार्तिक ८ गते २०८३

ॐ साईरामको १०औं साधारण सभा सम्पन्न, अध्यक्षमा बस्न्यात पुनः सर्वसम्मत्

भाद्र २१, २०७९ मंगलबार
ॐ साईरामको १०औं साधारण सभा सम्पन्न, अध्यक्षमा बस्न्यात पुनः सर्वसम्मत्

 

समुदाय र सदस्यकेन्द्रित भएर वित्तीय कारोबार गर्दै आएको ॐ साईराम बचत तथा ऋण सहकारी संस्थाले १० औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको प्रमुख आतिथ्यतामा सभा सम्पन्न गरेको हो । आर्थिक वर्ष सकिएको केहि समयभित्रै संस्थाले वार्षिक लेखापरीक्षण प्रतिवेदन तयार पारी साधारणसभा गर्ने गरेको छ । सोही अुनरुप यस वर्ष पनि भाद्र १० गते संस्थाले साधारणसभा सम्पन्न गरेको छ । 

सभाले अध्यक्षको वार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ । समयमै साधारण सभा बोलाइ सदस्यहरुमाझ संस्थाको सम्पूर्ण विवरण एवं गतिविधिबारे छलफल गरी चालु आवको नीति तथा कार्यक्रम बनाई लागु गर्नु संस्था र सदस्य दुवैका लागि हितकर मानिन्छ । 

सभामा बोल्दै संस्थाका अध्यक्ष सुशील कुमार बस्नेतले सामुहिक प्रयासका साथ संस्थालाई अगाडि बढाउन नीति तथा कार्यक्रम र योजनाहरु बनाई साधारणसभाबाट पारित गरेर त्यसलाई लागु गर्दै आएको बताए । त्यसले गर्दा सदस्यहरुले अपनत्व अनुभव गरेको र हरेक वर्ष संस्थाको वित्तीय कारोबारमा समेत वृद्धि हुँदै गएको उनले जनाए । 

जिल्लाभरकै उत्कृष्ट र नमूना सहकारी बनाउनका लागि सहकारीका मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गरी सदस्यहरुलाई पारदर्शी, छिटोछरितो र प्रभावकारी सेवा दिँदै आएको उनले बताए । 

संस्थाका लेखासमिति संयोजक प्रदीप अर्यालले समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै वित्तीय बजारमा देखिएको उतारचढावलाई मध्यनजर गर्दै संस्थाको शेयरपुँजी, निक्षेप, ऋण लगानी र तरलताको अवस्थामा अझ सुधार गर्न प्रभावकारी योजना बनाई लागु गर्नुपर्ने सुझाए । 

गत असार मसान्त सम्म संस्थामा २०४२ सदस्य आवद्ध रहेका छन् । संस्थाको शेयरपुँजी २ करोड ३८ लाख, जगेडा तथा अन्य कोषमा ९१ लाख ७२ हजार पुगेको छ । संस्थामा करिब २३ सय सदस्य रहेका छन् भने कुल सम्पत्ति करिब २४ करोड रुपैयाँ रहेको छ ।

om-sairam 1.jpg

अध्यक्षमा पुनः बस्नेत

सभाले सुशील कुमार बस्न्यातको अध्यक्षतामा नया सञ्चालक समिति चयन समेत गरेको छ । सर्वसम्वत रुपमा चयन भएको सञ्चालक समितिको उपाध्यक्षमा सुलोचना कँडेल, सचिवमा भवानी डोटेल, कोषाध्यक्षमा ईश्वरी श्रेष्ठ र सदस्यहरुमा गंगाराम घिमिरे, रामचन्द्र घिमिरे, प्रतिभा अर्याल रहेका छन् । त्यस्तै तीन सदस्यीय लेखा समितिको संयोजकमा लोकेन्द्र केसी रहेका छन् भने सदस्यहरुमा रन्जिता सुवेदी र सन्तोषी पराजुली रहेका छन् ।