शनिबार, कार्तिक ८ गते २०८३

जनता साकोसको १४औं वार्षिक साधारणसभा सम्पन्न, २९ लाख ५० हजार नाफा

भाद्र १९, २०७९ आइतबार
जनता साकोसको १४औं वार्षिक साधारणसभा सम्पन्न, २९ लाख ५० हजार नाफा

 

भक्तपुरको चित्रपुरमा रहेको जनता बचत तथा ऋण सहकारी संस्थाको चौधौं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष राजेश कुमार राजथलाको सभापतित्वमा सम्पन्न भएको छ । 

सभामा प्रमुख अतिथिको रुपमा सहकारीबिद् कैलाशभक्त प्रधानाङ्ग,  बिशिष्ट अतिथिमा जिल्ला सहकारी संघका उपाध्यक्ष कृ्ष्ण बहादुर घजु, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण गोबिन्द लाखाजु, सूर्यबिनायक नगरपालिका वडा नं ४ का वडा अध्यक्ष लछुराम न्यौपाने, सूर्यबिनायक नगरपालिकाका सहकारी शाखाका बिमला श्रेष्ठ, नेफस्कून थिमि फिल्ड शाखा प्रमुख पेशल कुमार खड्का रहेका थिए । 

त्यसैगरी अतिथिको रुपमा जनता साकोसका ज्येष्ठ नागरिक शेयर सदस्य चलमान राजथला र मैया खड्का, दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निर्जला ढुङ्गेल, छहारी  बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णहरि खड्का, गाम्चा  बचत तथा ऋण सहकारी संस्थाका सचिव बिदुर खड्का,  चमेली कल्याणकारी  बचत तथा ऋण सहकारी संस्थाका सचिव  मिठाराम न्यौपाने,  अभ्यूदय  बचत तथा ऋण सहकारी संस्थाका बिक्रम श्रेष्ठ,  अखण्ड सेवा समितिका अध्यक्ष रामशरण प्रजापती,  चखुँ प्रकाश समुहका अध्यक्ष सुदन खड्का, प्राज्ञिक समाज दधिकोटका अध्यक्ष राजन बिष्ट, मानव कल्याण समाजका सुमी मानव, दधिकोट प्रहरी प्रभागका प्रमुख लगायत रहेका थिए । 

चौधौं वार्षिक साधारण सभाले संस्थाका सचिव राजु प्रजापतिबाट प्रस्तुत को आर्थिक वर्ष २०७८।७९  को प्रगति प्रतिवेदन तथा २०७९।८० को कार्य योजनाहरु, कोषाध्यक्ष कृष्णगोपाल राजथलाबाट प्रस्तुत आ.ब. २०७८।७९ को आर्थिक प्रतिवेदन तथा आ.व. २०७९।८० को अनुमानित बजेट तथा आर्थिक योजनाहरु, लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक सानुकान्छा राजथलाबाट प्रस्तुत प्रतिवेदन साथै लेखारीक्षकको प्रतिवेदन लगायत विविध विषयहरुमा छलफल एवं समीक्षा गरी पारित गरेको छ ।

संस्थाले गत आर्थिक वर्षमा शेयर पुँजी ३ करोड ११ लाख ८० हजार, बचत संकलन २२ करोड ४९ लाख गरी २३ करोड ३० लाख कर्जा लगानी गरेको छ । त्यस अवधिमा संस्थाले २९ लाख ५५ हजार नाफा आर्जन गरेको छ ।  

सभामा बिभिन्न बिधामा उत्कृष्ट हुनु हुने शेयर सदस्यहरुलाई प्रशंसा पत्र र नगदबाट सम्मान गरिएको थियो । ‘एक रूपैया गरीवको लागि मेरो सहयोग सधैको लागि’ कार्यक्रम अन्तर्गत नेपाल ज्येष्ठ नागरिक सेवा सहकारी संस्थालाई जनता साकोसका सम्पूर्ण सदस्यहरुको तर्फबाट एकमुष्ट रकम रु. ३७,२१२, त्यसैगरी मानव कल्याण समाजलाई सहयोग स्वरूप रु. ५०००, चित्रपुर आधारभूत बिद्यालयलई शैक्षिक छात्रबृत्ति स्वरुप रु. ५००० प्रदान गरिएको थियो ।  सभाले संस्थाको कार्यक्षेत्र भित्र रहेको मध्यपुर थिमि–४ ओस्ला नेपाललाई सामाजिक, मानवीय तथा साँस्कृतिक क्षेत्रमा निरन्तर रुपमा गरेको योगदानको कदर गर्दै कदरपत्रबाट सम्मान गरेको छ ।  सभाको उद्घाटन समारोह कार्यक्रम रुबिना श्रेष्ठले सञ्चालन गरेकी थिइन् । 

janata saccos 2.jpg