शनिबार, कार्तिक ८ गते २०८३

फ्रेण्ड्स सेभिङद्वारा बृहत् स्वास्थ्य शिविरको आयोजना, ६७६ जना लाभान्वित

भाद्र १९, २०७९ आइतबार
फ्रेण्ड्स सेभिङद्वारा बृहत् स्वास्थ्य शिविरको आयोजना, ६७६ जना लाभान्वित

 

ललितपुरको गोदावरी नगरपालिका थेचोमा रहेको फ्रेण्ड्स सेभिङ एण्ड क्रेडिट कोअपरेटिभले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । 

सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित शिविरमा बीएण्डबी अस्पतालको सहकार्य रहेको थियो । संस्थाले चौंथोपटक आयोजना गरेको स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकहरुले निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श सेवा दिएका थिए । शिविरमा जनरल मेडिसिन, स्त्रीरोग तथा प्रसूति, बालरोग, छाला, नाककान तथा घाँटी, सर्जरी ता मूत्ररोग, मुटुरोग, दन्तरोग, हाडजोर्नी, मधुमेह तथा थाइराइड र कलेजो रोगसम्बन्धी जाँच गरिएको थियो । 

शिविरमा आवश्यकताअनुसार इसीजी परिक्षण र औषधी निःशुल्क उपलब्ध गराइनुका साथै स्वास्थ्य परिक्षणका क्रममा एक्स रे तथा भिडियो एक्स रे गर्न आवश्यक देखिएकाहरुलाई अस्पतालले ३ महिनासम्म ५० प्रतिशत छुट दिने भएको छ । शिविरबाट ६७६ जनाले सेवा लिएको संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष सुरेन्द्र महर्जनको अध्यक्षता सम्पन्न कार्यक्रममा स्वास्थ्य शिविर कोअर्डिनेटरमा मिनु सिंह र फार्मेसी कोअर्डिनेटरमा विजय खड्का रहेका थिए । 

swasthya sibir r.jpg