शनिबार, कार्तिक ८ गते २०८३

चन्द्रागिरी साकोसको उच्चशिक्षा छात्रवृत्ति आव्हान, २८ गतेभित्र आवेदन दिनुपर्ने

भाद्र १७, २०७९ शुक्रबार
चन्द्रागिरी साकोसको उच्चशिक्षा छात्रवृत्ति आव्हान, २८ गतेभित्र आवेदन दिनुपर्ने

 

चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुका निम्ति छात्रवृत्ति आव्हान गरेको छ । अधिकतम २० हजार रुपैया राशि रहेको छात्रवृत्रिमा आवेदन दिन संस्थाले १५ दिनको समय दिएको छ । 

चन्द्रागिरि नगरपालिकाभित्रका विद्यालय वा क्याम्पसमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले मात्र आवेदन दिन पाइने संस्थाले जनाएको छ । आवेदकले आफु अध्ययनरत विद्यायल वा क्याम्पसबाट आफु बसोबास गरिरहेको स्थानीय तहबाट आर्थिक रुपले विपन्न र जेहेन्दार रहेको व्यहोरा खुलेको सिफासिसपत्र संलग्न गर्नुपर्नेछ । 

हालका लागि कक्षा ११ र १२ का लागि केहि सिटमा छात्रवृत्ति आव्हान गरिएकोमा आगामी वर्ष देखि स्नातक तह र स्नातकोत्तर तहका लागि समेत छात्रवृत्ति कार्यक्रम शुरु गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठले जानकारी दिए ।