शनिबार, आश्विन १७ गते २०८३

हिमालयन बैंकको ऋणपत्र विक्री शुरु, १०.५० प्रतिशत ब्याज पाइने

भाद्र १५, २०७९ बुधबार
हिमालयन बैंकको ऋणपत्र विक्री शुरु, १०.५० प्रतिशत ब्याज पाइने

 

हिमालयन बैंकको ऋणपत्र आजदेखि विक्री शुरू भएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँका दरले २ अर्ब ५० करोड रुपैयाँको २५ लाख कित्ता ऋणपत्र   निष्कासन गरेको हो । 

२५ लाखमा १५ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्ने छ भने बाँकी १० लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गर्ने छ । जसमा सामूहिक लगानी कोषलाई ५० हजार कित्ता छुट्याईएको छ ।

७ वर्षका लागि निष्कासन गरेको ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याज पाइने छ । ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । ऋणपत्रमा छिटोमा भदौ १९ गते सम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने छ ।

ऋणपत्रमा सीआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ रहेको छ ।