शनिबार, आश्विन १७ गते २०८३

साधारणसभा भड्किलो र खर्चिलो नगर्न विभागको मार्गनिर्देश

भाद्र ९, २०७९ बिहीबार
साधारणसभा भड्किलो र खर्चिलो नगर्न विभागको मार्गनिर्देश

 

सहकारी विभागले सहकारी संस्थाको साधारण सभा निर्देशिका, २०७६ बमोजिम साधारण सभा गर्न मार्गदर्शन दिएको छ । 

सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले साधारण सभामा सञ्चालन सम्बन्धमा एक मार्गदर्शन जारी गर्दै साधारणसभाका प्रस्तावसहितको सार्वजनिक सूचना एकमहिना अघि नै दिनुपर्ने स्पष्ट पारेका हुन् । आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र संस्थाको लेखापरीक्षण सम्पन्न गर्न, लेखापरीक्षण निर्देशिका बमोजिम लङ फर्म रिपोर्ट सहकारीहरूले तयार गर्नुपर्ने छ । 

सञ्चालक सदस्यभन्दा एक जना बढी प्रतिनिधि सदस्यबाट बैठकको निर्णय पुस्तिका प्रमाणित गराउनुपर्नेमा जोड दिइएको छ । त्यसैगरी दुई हजार भन्दा बढि सदस्य भएको संस्थाले भौगोलिक कारणले एकै स्थानमा भौतिक उपस्थिति जनाउन नसक्ने भएमा पायक पर्ने स्थानमा बढीमा ७ वटा ईकाइसम्म सभा गर्न पाइने छ । 

सभामा नियामक निकायबाट दिइएका निर्देशन तथा सुझावहरुको कार्यान्वयनका विषयमा छलफल गराउनुपर्नेछ । 

साधारणसभा भड्किलो र खर्चिलो नगर्न, पौष मसान्तभित्र अनिवार्य रुपमा सभा सम्पन्न गरिसक्न र सभा सकिएको १५ दिनभित्र कोपोमिसमा विवरणमा अद्यावधिक गर्न निर्देशमा भनिएको छ । 

सभा सूचना.jpg

सभा सूचना २.jpg