“बचत गर्दा ध्यान दिऔं” भन्ने शीर्षकमा विज्ञापन बोर्डले जारी गरेको सूचना खारेज गरेको छ । वर्गीकृत पत्रपत्रिकामा प्रकाशन गर्न पठाइएको बोर्डको उक्त सन्देश विवादास्पद भएपछि भाद्र २ गते सच्च्याइएको जनाएको थियो । सच्च्याएर आएको भनिएको सन्देशले पनि विभिन्न प्रकारको द्विविधा उत्पन्न भएको भन्दै सूचना नै रद्द गरिएको जानकारी बोर्डले दिएको छ ।
शुरुमा बोर्डले पठाएको सूचनामा सहकारीमा बचत गर्नु अघि त्यसको विश्वसनीयताको जाँच गरौं भन्ने वाक्यांशले विवाद उत्पन्न भएको थियो । पछि बैंक, वित्तीय संस्था र सहकारी भनेर थप गरिएको थियो । त्यसमा पनि सरोकारवालाहरुले आपत्ति जनाएपछि बोर्डले आफ्नो गल्ती महसुस गरि विज्ञापन स्थगित भएको सूचना आज निकालेको हो ।
उक्त सन्देश कुनै पनि सञ्चारमाध्यमले प्रकाशन तथा प्रसारण नगराउनुहुन भनेर सूचनामा उल्लेख गरिएको छ ।