शनिबार, आश्विन १७ गते २०८३

विज्ञापन बोर्डले बचत सम्बन्धी सूचना सच्यायो, ‘सहकारी’को ठाउँमा ‘बैंक, वित्तीय संस्था तथा सहकारी’

भाद्र ५, २०७९ आइतबार
विज्ञापन बोर्डले बचत सम्बन्धी सूचना सच्यायो, ‘सहकारी’को ठाउँमा ‘बैंक, वित्तीय संस्था तथा सहकारी’

 

विज्ञापन बोर्डले सहकारीसम्बन्धी सूचना सच्याइएको जनाएको छ । बर्गीकृत पत्रपत्रिकालाई छाप्न बोर्डले पठाएको सन्देश सहकारी विरोधी भएको भन्दै चौतर्फी आलोचना भएको थियो । उक्त सूचनाले सहकारीको मर्ममाथि नै चोट पुग्ने र सहकारीमा पैसा जम्मा गरे बचत डुब्ने आसय दिएको भन्दै विरोध भएको थियो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेकाे विज्ञापन बाेर्डका प्रमुख प्रकाशकीय अधिकृत रामप्रसाद सापकाेटाले भदाै २ गते एक सूचना प्रकाशित गरी यस अघिकाे सन्देश सच्च्याइएकाे भन्दै त्यसै अनुरूप प्रशारण तथा प्रकाशन गर्न जनाएका छन् । 

सन्देशमा यस अघि “सहकारी लगायत वित्तीय संस्थामा रकम जम्मा गर्दैै हुनुहुन्छ” भनिएकोमा अहिले “बैंक, वित्तीय संस्था तथा सहकारीहरुमा रकम जम्मा गर्दै हुनुहुन्छ भन्ने” वाक्यांश राखिएको छ । 

सन्देशमा आफूले रकम जम्मा गर्न लागेको संस्थाको विश्वसनीयता जाँच गर्न भनिएको छ । त्यसमा भने केहि परिवर्तन गरिएको छैन । सरकारको नियमकानुनअनुसार वित्तीय संस्था वा सहकारीको विश्वसनीयता जाँ एकजना ग्राहक वा सदस्यले कसरी गर्न सक्छ ? यसको विश्वसनीयताका बारे सरकार नै जिम्मेवार हुनुपर्ने होइन र भन्ने प्रश्न उठेको छ । 

त्यसैगरी “बढी ब्याजदरको लोभमा नफसौं” र “ब्याजको लोभमा साँवा समेत नगुमाऔं” भन्ने वाक्यांश यथावत रहेको छ ।