बुधबार, भाद्र ३ गते २०८३

‘अनलाईन शिक्षा कक्षा कोठाको शिक्षा स्तरको हुँदैन’ 

श्रावण ५, २०७८ मंगलबार
‘अनलाईन शिक्षा कक्षा कोठाको शिक्षा स्तरको हुँदैन’ 


अनलाइन शिक्षणको माध्यमबाट पाठ्यक्रम पूरा गर्ने कर्मकाण्ड भलै गरिएको होस्, बास्तवमा बिद्यार्थीहरुसम्म त्यो ज्ञान पुग्न पाएको छैन जुन शैक्षिक  सत्रको क्रममा बिद्यार्थीले बिद्यालयका कक्षाहरुमा  पाउने गर्दछन् या त्यसरी ज्ञान बिद्यार्थीसम्म पुग्ने गर्दछ ।


 भारतको ‘एजुकेशन टेक्नोलोजी सोल्यूशन प्रोभाइडर टीम लीज एडटेक’को एउटा सर्बेक्षणमा ७५ बिद्यालयका ७०० भन्दा बढी बिद्यार्थी र अधिकृतहरुलाई सामेल गरिएको थियो । सर्बेक्षणमा ८५ प्रतिशत बिद्यार्थीहरुले के स्वीकारे भने जेजे उनीहरुले सिक्नुथियो अनलाइन पढाईबाट मुस्किलले त्यसको आधा मात्र सिक्न पाए । यो कुरा अर्कै हो कि कक्षाका क्रममा र परीक्षाबाट पनि यसबारे केही थाहा भएन । बिद्यार्थीहरुलाई मार्क त राम्रै आयो । किनभने अनलाईन परीक्षामा किताब र नोट बुकको सहयोग लिन सहज थियो । शिक्षकहरुका अनुसार यी बिद्यार्थीहरुसँगको कुराकानी र प्रश्नोत्तर गर्दा  थाहा हु्न्छ कि उनीहरुको बुझाइको या ज्ञानको स्तर त्यस्तो छैन जुन हुुनु पर्ने हो ।


 अनि बिश्वबिद्यालयका ८८ प्रतिशत अधिकारीहरुले के पनि भनेका छन् भने यो लर्निङ्ग ग्याप(सिकाईको खाडल) पुर्न या भरपाई गर्न अरु थप तीन बर्षभन्दा बढी समय लाग्न सक्तछ ।


यद्यपि यो भारतको मात्र समस्या भने होइन । किनभने कोभिड–१९ महामारी र लकडाउनका काराले बिद्यार्थीहरुको पढाईलाई अनलाईनतिर मोडिदियो या मोडिनुपरेको छ । यस कारण स्वाभाबिक छ कि सिकाईको यो खाडल पनि हरेक देशमा देख्न सकिन्छ र देखिएको छ ।यद्यपि के अबश्य फरक छ भने बिकसित देशहरुका तुलनामा भारत लगायतका बिकासशील देशहरुमा यो खाडल अझ फराकिलो रहेको छ । फरक फरक देशको कुरा गर्दा फ्रान्समा यो खाडल ९.८४ प्रतिशत, अमेरिकामा १३.८ प्रतिशत, जर्मनीमा २५ प्रतिशत,बृटेनमा २१.३० प्रतिशत हुने अनुमान ब्यक्त गरिएको छ । अनि भारतमा यसको प्रतिशत ४० देखि ६० प्रतिशत रहने उल्लेख गरिएको छ । नेपालभन्दा धेरै बिकसित देशहरुको त स्थिति यस्तो छ भने नेपालको स्थिति के कस्तो होला सहजै अनुमान गर्न सकिन्छ ।


भारतमा इण्टरनेटको पहुँचमा रहेका परिबारको सीमित संख्या, कुनै परिबर्तनलाई अपनाउने सम्वन्धमा सरकारी संस्थानहरुको मन्द गति तथा अन्य देशहरुको तुलनामा लकडाउनको बढी लामो अबधि जस्ता कारणहरु समेतलाई ध्यानमा राख्दा यो लर्निङ्ग ग्याप बढी हुनुले आश्चर्यचकित तुल्याउँदैन । यद्यपि यसको अर्थ के होइन भने यसको सम्भाबित नोक्सानीबाट कुनै किसिमको छूट मिल्नेछ । आधा अधूरो ज्ञान लिएर उत्तिर्ण भएका बिद्यार्थीहरुका लागि अगाडिको कक्षामा पाठ्यक्रमका कुरा बुझ्न झन कठिन हुनजानेछ । त्यत्ति मात्र पनि होइन, यस्तो बुझाईकासाथ जब उनीहरु जब मार्केटमा पुग्दछन् हुन सक्छ । त्थतिबेला बिद्यार्थीको पूरै ब्याचको एउटै स्तर जस्तो स्थितिका कारण प्रतिस्पर्धाकाे स्तर नै तल झरोस् अनि तिनलाई काम मिलिहाले पनि ती कामसँग जोडिएका चुनौतिहरुको सामना गर्न उनीहरुलाई मुश्किल पर्ने हुनसक्छ ।


यस्तो  प्रकारको स्थितिमा यो ‘लर्निङ्ग ग्याप’को खाडल भर्ने तरीका यही नै हो कि उच्च शिक्षाको कोभिड महामारीभन्दा पहिलाको तौर–तरीका शिघ्र अपनाइनु पर्दछ । जतिसम्म सम्भव छ, पढाई कक्षा कोठामै हुनु पर्दछ । यो बाटोमा जान खोप अभियानलाई तीब्र तुल्याइनु अति जरुरी छ । के सम्झनु अति आवश्यक छ भने यस कुरामा कुनै पनि लापरबाही या ढिलासुस्तीले देशको भबिष्यमाथि अत्यन्तै नराम्रो र गम्भीर असर पर्नेछ ।