शनिबार, कार्तिक ८ गते २०८३

गौतमश्रीलाई समस्याग्रस्त संस्था घोषणा गर्न विभागको सिफारिस, कुनै सञ्चालक सम्पर्कमा आएनन्

श्रावण १९, २०७९ बिहीबार
गौतमश्रीलाई समस्याग्रस्त संस्था घोषणा गर्न विभागको सिफारिस, कुनै सञ्चालक सम्पर्कमा आएनन्


सहकारी विभागले सदस्यको बचत हिनामिना गरेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको छ । विभागले सहकारी ऐन २०७४ को दफा १०४(१) को खण्ड क, ख, ग, घ तथा च समेतको अवस्था विद्यमान देखिएको भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसमक्ष त्यस्ताे सिफारिस गरेको हो ।

विभागले जिल्ला प्रशासन कार्यालयलाई यसअघि संस्थाका अधयक्ष रामबहादुर गौतमसहित सञ्चालक तथा व्यवस्थापक कर्मचारीहरुलाई सोधपुछ गर्न विभागमा उपस्थित गराइदिन पत्राचार गरेकोमा कुनै पनि सञ्चालक तथा कर्मचारी विभागमा नल्याएको तथा निजहरु स्वयंपनि सम्पर्कमा नआएको जनाएको छ ।

सदस्यको हित विपरित कार्य गरेको, निर्धारित शर्त बमोजिम बचत फिर्ता नगरेको, सहकारी ऐन, नियम र निर्देशनको पालना नगरेको र संस्थाका ११०० भन्दा बढी सदस्यको बचत फिर्ता नगरेकोले संस्थालाई समस्याग्रस्त घोषणा गर्न आवश्यक रहेको विभागले जनाएको छ । 

gautamshree.jpg