शनिबार, आश्विन १७ गते २०८३

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर लमजुङको सोतीपसलमा

श्रावण १३, २०७९ शुक्रबार
ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर लमजुङको सोतीपसलमा

 

ग्लोबल आइएमई बैंकले लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं ३, सोतीपसलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । 

बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै भोर्लेटार शाखाको मातहतमा रहनेगरी उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

ग्लोबल आइएमई बैंकले ७७ जिल्लामा २८९ शाखा, २६५ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढि सेवा केन्द्रबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।