आज २८ जुलाई बिश्व पृथ्वी संरक्षण दिवस । संसारभरी नै आज मौसम र जलवायुमा तीब्रतम परिबर्तन आइरहेको छ । यो मानिस प्रकृतिमाथिको निर्मम दोहन र शोषणकै कारणले हो । अध्ययनशील बिज्ञ जानकारहरु भनिरहेका छन् कि समय भिड्किन थालेको छ कि यो समस्यालाई गम्भीरतमरुपमा लिइनु पर्दछ र प्रकृतिको संरक्षणमा जबाफदेहीपूर्ण तरीकाले अग्रसर हुन कुनै बिलम्ब गरिनु हुन्न कुनै कसर बाँकी राखिुन हुन्न । आज २८ जुलाईका दिन बिश्वब्यापीरुपमा मनाइने गरेको बिश्व प्रकृति संरक्षण दिवसले मानिसको जीवन र सारा जगतमा प्रकृतिको महत्व के कस्तो रहेको छ भन्ने कुराको ज्ञान अबश्य गराउँदछ र प्रकृतिलाई संरक्षण गरिनुपर्ने आवश्यकतमाथि जोड दिन्छ र यसमा लाग्न प्रोत्साहित गर्दछ ।
यतिबेला बिश्वले एशिया क्षेत्रका देशहरुका साथसाथै यूरोमा पनि भयंकर गर्मीको सामना गरिरहेको छ । गर्मीकै कारण बेलायतमा पहिलो पटक इतिहासमै ‘गर्मी संकट कालको घोषणा’ गरिएको छ । लण्डनको ल्यूटन हवाई मैदानको जहाज उड्ने ट्र्याक गर्मीका कारण पग्लिएकाले कयौं घण्टासम्मको उडान आवत जावत नै रोकिनु परेको थियो । त्यसैगरी बेलायतका कतिपय बिद्यालय महाबिद्यालयहरु गर्मीका कारण बन्द गर्नु परेको छ । पछिल्लो समय फ्रान्स, ग्रीस, पोर्चुगल, बृटेट र स्पेनमा गर्मीको पारो ४० डिग्रीभन्दा माथि पुगिसकेको छ । बिश्व मौसम बिज्ञान संगठनका अनुसार यूरोपमा चलिरहेको तातो तरंग(हिट वेभ) बिशेष गरेर दक्षिण–पश्चिम क्षेत्रमा अफ्रिकाबाट आउने तातो हावाले गर्दा हो । यो बर्षको गर्मीमा यो हिट वेभ अझ बढी आउने आशंका गरिएको छ । बिशेषज्ञहरुका अनुसार जलवायु परिबर्तन नै यो तातो हावा तरंगको मूख्य कारण हो । हतिर गृह ग्यास उत्सर्जन जुन कोइला, ग्यास र तेल जस्ता जीबाष्म इन्धनलाई जलाउँदा आउने गर्दछन् तिनले यो तातो हावा तरंक(हिट बेभ)लई अझ खतरनाक बनाइरहेका छन् ।
बितेका दिनहरुमा निकै आश्चर्यजनकरुपमा पृथ्वीका दुइ किनार भनिने गरेका दक्षिणी ध्रुब र उत्तरी ध्रुबमा तापमान एकै साथ अचानक अप्रत्याशित बृद्धि भयो । नर्बे र ग्रीनल्याण्डमा गर्मीले रेकर्ड तोड्यो नयाँ प्रतिमान स्थापित भइरहेका छन् । ‘ग्लोबल वार्मिङ्ग’का कारणले ठूलो स्तरमा हिम नदीहरु पग्लिरहेका छन् । अस्ट्रेलियाका जलवायु सम्बन्धि बैज्ञाकिहरु र न्यू साउथ वेल्स बिश्वबिद्यालयका रिसर्च फेलो जोई थोमसका अनुसार हालैका मानबीय गतिबिधिहरुले बिश्व तापमान(ग्लोबल वार्मिङ्ग)को गति तीब्र तुल्याइदिएको छ। जसका कारणले अण्र्टािककाका बर्फहरु ठूलो स्तरमा पग्लिन सक्दछन् ।
वास्तवमा बैज्ञानिकहरुलाई पनि अण्टार्टिका र आर्कटिक क्षेत्रमा एकैसाथ एकै किसिमका घटना घट्नु अकल्पनीय जस्तै लागिरहेको बताइन्छ । किनभने ती दुबै ठाउको प्रकृति एकदमै भिन्न रहेको छ । यस्तो समयमा अहिले अण्टार्टिकामा दिन लगातार छोटो हुदै जान्छन् र ठण्डा बहुत बढी हुनु पर्ने हो । तर यहाँ अहिले एकदमै उल्टा मौसम देखिएको छ । उत्तरी र दक्षिणी ध्रुबलाई एकैसाथ एकै समयमा पग्लिदै गरेको पहिला कहिल्यै देखिएको थिएन । तर यो बर्ष यस्तो स्थिति देखापर्नु बिश्वलाई ठूलो खतराको घण्टी हो भन्ने किष्कर्श बैज्ञानिक अध्येताहरुले निकालिरहेका छन् ।
बिश्व तापमान बृद्धि(ग्लोबल वार्मिङ्ग) कै कारणल तेश्रो ध्रुब मानिने र भनिने गरेको हिमालय क्षेत्रका हिमनदीहरु पनि दश दोब्बर हिसावले पग्लिन थालेका छन् । यो हिमालय क्षेत्र अण्टार्टिका र आर्कटिक पछि हिमनदी बर्पको सबैभन्दा ठूलो तेश्रो श्रोत मानिन्छ । बैज्ञानिकहरुका अनुरा ४०० देखि ७०० बर्ष पहिलाको तुलनामा बितेका केही दशक यता हिमालयका हिम नदीहरु तीब्रतम गतिले पग्लिएका छन् ।यस्ता गतिबिधिहरु सन् २००० देखि यता निकै बढी बढेका छन् । साईन्स जर्नल साइण्टिफिक रिपोर्ट्समा प्रकाशित एउटा अनुसन्धन अनुसार यसबाट चीन र भारतमा बग्ने ब्रह्मपुत्र र भारतको सिन्धु नदीका किनारामा रहेका करोडौं भारतका मानिसहरुका लागि ठूलो जल संकट आउन सक्तछ । बेलायतको एउटा प्रसिद्ध बिश्व बिद्यालय लिड्स बिश्व बिद्यालयको शोधकर्ताहरुका अनुसार हिमालयबाट बर्फ पग्लिने गति पुरानो ‘लिटल आइस एज’ सानो हिम युगको समयको भन्दा १० दोब्बर बढी रहेको छ । यो लिटल आइस एज को युग १६औदेखि १९औ शताब्दीको समय मानिन्छ । त्यतिबेला ठूला पहाडी हिमनदीहरुको बिस्तार भएको बैज्ञानिकहरु औंल्याउँदछन् । उनीहरुका अनुसार हिमालयका हिम नदीहरु अन्यत्रका भन्दा तीब्र गतिमा पग्लिने गर्दछन् र पग्लिरहेका छन् ।

अनि अध्ययनशील खोज अनुुसन्धानकर्ता बैज्ञानिहरुका अनुसार अण्टार्टिकाका हिमनदीहरु पूर्णरुपले पग्लिए भने पृथ्वीको गुरुत्वाकर्षण (ग्र्याभिटेशनल )शक्तिमा परिबर्तन(शिफ्ट) आउन सक्छ र बिश्वमा भयंकर ठूलो उथल पुथल आउन सक्छ । यस्तो स्थितिमा प्राय सबै जसो महाद्विपहरु आंशिकरुपमा पानी भित्र डुब्न पुग्नेछन् । त्यस्तो स्थिति उत्पन्न हुँदा अहिलेका लण्डन, सिड्नी, मियामी, मुम्बई जस्ता शहरहरु पूरै डुबेर महासागर भित्र जलमग्न हुन पुग्नेछन् । ज्ञाताहरु भन्दछन् ती हिमनदी भित्र हजारौ बर्षदेखि दबेर रहेका खतरनाक भाइरसहरु पनि छन् । यस्तो अबस्थामा ती हिमनदीहरु पग्लिदा ती भाइरसहरुले अहिलेको कोरोनाभन्दा पनि भयंकर ठूलो महामारी लिएर आउन सक्दछन् । ठूलो स्तरमा जैबिक बिबिधतालाई हानी पुर्याउन र असरपार्न सक्तछन्। पृथ्बीका हजारौं हजार प्रजातिहरु न्ष्ट हुन सक्तछन् ।
यी सबै कुराको अतिरिक्त यस्तो स्थितिले गर्दा बिश्वभरीका करोडौं करोड मानिसहरु प्रबासन र आप्रबसान हुने कुरा निश्चित छ । अर्थब्यवस्था र बस्न लायक स्थानहरु पूराका पूरै नष्ट र बर्बाद हुनसक्नेछन् । यस स्थितिमा करोडौ करोड मानिसहरु बेघर हुने र खानाको अभाव ब्यहोर्नु पर्ने स्थिति खडा हुनजानेछ । यस्तो भयावह स्थितिले परस्पर काटमार र हिंसाको प्रादुर्भाब पनि हुन सक्ने छ । कतिपय प्रकल्पना र अनुमान त के पनि छ भने हिन नदी तीब्र गतिमा भारी मात्रामा पग्लिदा पृथ्बी आफ्नो कक्षमा घुम्ने गति पनि तीब्र भएर पृथ्वीमा दिनका समय बढ्ने अर्थात दिन लामो हुन जानेछ । अनि मानिसले पिउन लायक ६९ प्रशित पानी यही हिम नदीभित्र लुकेर रहेको छ । हिम नदी पग्लिँदा त्यो पिउन लायक पानी पनि समुद्रको नुनिलो पानीसँग मिसिएर पूरै नुनिलो बन्न जान्छ र बर्बाद हुन्छ । यी सबै कारणको मार मानिस, जीवन र जगतमा सर्बत्र नकारात्मक पर्दछ । यी सबै कुरालाई दृष्टि दिदा अहिले पनि समय जटील बनिसकेको छैन । बुद्धि पुर्याएर काम गर्ने हो भने स्थितिलाई थप बिग्रन नदिन सुधार गर्न अझै पनि सकिन्छ । त्यसैले अब प्रकृतिका नियम बिपरीत जथाभावी पृथ्वीको दोहन गर्ने र बिकासलाई प्रकृतिको बिनाश गर्ने माध्यम बनाउने गलत नीतिबाट बच्नु पर्दछ । प्रकृति–मैत्री बिकासको बाटो अख्तियार गरियो भने यो समस्या हल भएर जान्छ र मानिस लगायत जीवन र जगलताई जोगाउन सकिन्छ । सरकार, राज्य, समाज र सरोकारवाल सबैले बेलैमा होस पुर्याएर सोच्ने हो भने नराम्रोसँग बिग्रदो स्थितिलाई सम्हाल्न सकिन्छ । अब समय गुम्न नदिनु श्रेयस्कर हुन्छ ।