शनिबार, कार्तिक ८ गते २०८३

सहकारी संस्थाको नियमन गर्न दोस्रो तहको नियामक निकाय गठन गर्ने

श्रावण ६, २०७९ शुक्रबार
सहकारी संस्थाको नियमन गर्न दोस्रो तहको नियामक निकाय गठन गर्ने

 
नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्था र गैर सरकारी संस्थाहरुको प्रभावकारी नियमन,निरिक्षण तथा सुपरिवेक्षणका लागि  दोस्रो तहको नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण गर्ने भएको छ ।

राष्ट्र बैंकले  आ.ब २०७९।८० को मौद्रिक  निति सार्वजनिक गर्दै  केन्द्रिय बैंकको सुपरिवेक्षिय दायरा बाहिर रही वितीय कारोवार गर्दै आएका संस्थाहरुको नियमनका लागि दोस्रो तहको नियामक निकाय स्थापना गर्ने जनाएको हो । बचत तथा ऋण सहकारी संस्थामा विकृति बढदै गएपछी त्यसको न्यूनिकरणको लागि दोस्रो तहको नियामक स्थापना गरी नियमनलाई प्रभावकारी बनाउन अभियानको तर्फबाट  आवाज उठ्दै आएको थियो ।

आर्थिक वर्ष २०७९।८० को बजेट वक्तव्यमा व्यवस्था भएबमोजिम  बैंकको सुपरिवेक्षकीय दायरा बाहिर रही वित्तीय कारोबार गर्ने बचत तथा ऋण सहकारी र गैर–सरकारी संस्थाहरुको प्रभावकारी नियमन, निरीक्षण तथा सुपरिवेक्षणका लागि दोस्रो तहको नियामक निकाय स्थापना सम्बन्धमा आवश्यक सहजीकरण गरिने उलेख्य गरेको छ ।  बचत तथा ऋण सहकारी संस्थाहरुको नियमन, निरीक्षण तथा सुपरिवेक्षण व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक सहयोग पु¥याइने समेत जनाएको छ ।