शनिबार, कार्तिक ८ गते २०८३

सिभिल प्रकरणमा ईच्छाराज तामाङकी श्रीमती सिर्जना पनि पक्राउ

श्रावण ४, २०७९ बुधबार
सिभिल  प्रकरणमा ईच्छाराज तामाङकी श्रीमती सिर्जना पनि पक्राउ

 नेपाल प्रहरीले सिभिल सहकारी संस्थाको पूर्व अध्यक्ष ईच्छाराज तामाङको श्रीमती सिर्जना शाक्य ९तामाङ० लाई पक्राउ गरेको छ ।

ठगी सम्बन्धी कसूर तथा संगठित अपराधमा फरार प्रतिवादी काठमाडौं कीर्तिपुर नगरपालिका–१ बस्ने  धनकुटा नगरपालिका–६ घर भएकी ५७ वर्षीया सिर्जना शाक्य ९तामाङ०लाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–१३ सोल्टीमोडस्थित सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा आकर्षक ब्याजदर एवं विभिन्न प्रलोभन समेतमा पारी ठुलो संख्यामा बचतकर्तालाई रकम जम्मा गर्न लगाई संगठित रुपमा ५ अर्ब ८४ करोड ४० लाख २१ हजार ७ सय १३ रुपैयाँ १० पैसा ठगी गरेको घटनामा संलग्न संस्थाकी लेखा समिति सदस्य सिर्जनालाई प्रहरीले पक्राउ गरेको हो ।


केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं रामशाहपथबाट पक्राउ गरेको जनाएको छ ।  सिर्जनालाई आवश्यक कानूनी कारबाहीको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।साथै सोही घटनामा संलग्न उक्त संस्थाका पूर्व अध्यक्ष ईच्छा राज तामाङसहित १२ जना प्रतिबादीहरुलाई २०७८ मंसिर १७ गते प्रहरीले पक्राउ गरी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकोमा ईच्छा राज तामाङ र केशवलाल श्रेष्ठ पुर्पक्षको लागि कारागारमा रहेका छन् ।