बजेट भाषण हुने अघिल्लो दिन मध्यरातमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर हेरफेर गरेको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई आज छानबिन समितिले सोधपूछका लागि बोलाएको छ । अर्थमन्त्रीमाथि गम्भीर आरोप लागेपछि त्यसको छानबिन गर्न भन्दै गठन भएको संसदीय छानबिन समितिको बैठक आज बस्दैछ ।
तत्कालीन अर्थमन्त्री शर्माले २०७९/८० को बजेट निर्माणका क्रममा जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराई करका दर हेरफेर गरेको आरोप लागेको छ ।
उक्त आरोपबारे छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो । छानबिन हुने व्यक्ति पदमा बस्न नमिल्ने भन्दै सांसदहरुले दवाब दिएपछि शर्माले अर्थमन्त्रीबाट असार २२ गते राजीनामा दिएका थिए ।