शनिबार, आश्विन १७ गते २०८३

५४ जनालाई नि:शुल्क चश्मा वितरण

श्रावण १, २०७९ आइतबार
५४ जनालाई नि:शुल्क चश्मा वितरण


,कपिलबस्तु ,नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्र्गत संचालित छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंजको प्राविधिक सहयोग,Helping Hands Health & Education Internationa(हेल्पिङ ह्यान्डस हेल्थ एण्ड एजुकेशन ईन्टरनेशनल) को आर्थिक सहयोग र बिजयनगर गाउँपालिकाको स्थानीय व्यवस्थापनमा बिजयनगर गाउँपालिकामा नजिकको दुरीको लागि उपयोगी हुने नि:शुल्क चश्मा वितरण गरिएको छ । 

chasma2.JPG
बिजयनगर गाउँपालिकाका ७ वटै वडाका ४० बर्ष नाघेका जनप्रतिनिधीहरु र गाउँपालिकाका कर्मचारीहरु समेत गरी ५४ जनालाई नि:शुल्क चश्मा वितरण गरिएको अस्पतालका दृष्टि विशेषज्ञ शुशिल कार्कीले बताउनु भयो । चश्मा जाँच कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी,आँखा अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्मा लगायतको उपस्थिती रहेको थियो ।

chasma4.JPG

छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालका दृष्टि विशेषज्ञ शुसिल कार्की,नेत्र सहायक रमेश चन्द्र विष्ट,देबराज शर्मा,मधु खड्का लगायतको प्राविधिक टोलीले सेवा दिएको थियो ।  आगमाी दिनमा कपिलबस्तुका अन्य पालिकाहरुमा पनि यस्तै नि:शुल्क चश्मा वितरणको कार्यक्रम रहेको अस्ताल प्रशासनले बताएको छ ।