शनिबार, कार्तिक ८ गते २०८३

सहकारीमा सुशासनका लागि कोपोमिस र गोएएमएलमा सहभागी हुन आव्हान

आषाढ ३०, २०७९ बिहीबार
सहकारीमा सुशासनका लागि कोपोमिस र गोएएमएलमा सहभागी हुन आव्हान

 

“सहकारी विभागबाट जारी ३५ बुँदे निर्देशन, कोपोमिस र गोएएमएल” विषयक अन्तरक्रिया आयोजना भएको छ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको सुर्यविनायक नगर सहकारी समन्वय उपसमितिले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भटराईले सहकारीले निर्णय गर्दा सहकारी ऐन, नियम र निर्देशन हेरर गर्नुपर्ने विचार व्यक्त गरिन् । सहकारीको पैसा सहकारीमा राख्नुपर्ने भन्दै उनले सहकारीले आफ्नो सहकारीका सदस्यको सुरक्षाको बारे चिन्तनमनन गर्नुपर्ने बताइन् ।

एउटा संस्थालाई समस्या पर्दा अरु सहकारीलाई पनि असर गर्ने भएकोले जारी ३५ बुँदे निर्देशनहरु पालना गरी सुशासनमा रहनुपर्ने र साकोस स्तरीकरण कार्यक्रममा सहभागी हुनुपर्ने उनको सुझाव थियो । सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि सहकारी क्षेत्रका लागि ३१ लाख बजेट छुट्याएको उनले बताइन् ।

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी विभागबाट जारी ३५ बुँदे निर्देशन विषयमा प्रस्तुत गर्दै निर्देशन सकारात्मक रहेको उल्लेख गरे । निर्देशनमा हाल प्रक्रिया नपु¥याई दर्ता भएका बहुउद्देश्यीय सहकारीबारे मौन देखिएको र सहकारी सबैले वेवसाइट राख्ने र अद्यावधिक गर्न नसकिने हुँदा सहकारीको कारोबारको आधारमा वर्गिकरण गरी अनिवार्य गर्नुपर्ने विचार व्यक्त गरे ।

संघका व्यवस्थापक बालकृष्ण धोजुले कोपोमिसको परिचय, कोपोमिस प्रयोग गर्दाको फाइदा र हाल कोपोमिसमा भएको अद्यावधिक विषयमा प्रस्तुति गरेका थिए । त्यसैगरी गोएमएलमा दर्ता र प्रतिवेदनहरु कसरी अनलाइनबाट बुझाउने भन्नेबारेमा उनले जानकारी दिए । राज्यले सहकारी प्रवद्र्धन र विकासको लागि नै नयाँ प्रविधिहरुको विकास गरिने भएकोले सकारात्मक सोचका साथ कोपोमिस र गोएएमएल सफ्वेयरमा आबद्ध हुन उनले सुझाए ।

कार्यक्रमका सभापति संघका संचालक एवम् उपसमितिका संयोजक काजी बहादुर पञ्चले हाल सहकारीहरुमा सुशासनकै अभावले गर्दा सञ्चालकले घरजग्गामा लगानी गर्ने, सञ्चालकको स्वार्थ र कर्मचारीको बदमासी जस्ता समस्याहरु देखिएको उल्लेख गरे । ती समस्याले गर्दा सहि ढंगले संचालन गरेका सहकारीलाई पनि समस्या पार्न सक्नेमा उनले सचेत गराएका थिए । 

Bkt program 2.JPG