बुधबार, भाद्र ३ गते २०८३

प्राइम लाइफ इन्स्योरेन्सले विधार्थीलाई व्याग वितरण 

आषाढ २२, २०७९ बुधबार
प्राइम लाइफ इन्स्योरेन्सले विधार्थीलाई व्याग वितरण 


प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुर जिल्लाको श्री खाट मन्दिर आघारभुत बिध्यालयमा अध्यनरत ३५० जना भन्दा बढि बाल बालिकाहरुलाई स्कुल ब्याग वितरण गरि भवन निर्माणका लागी रु ३ तीन लाख आर्थिक सहयो गरेको छ ।

नेपाल सरकारका परराष्ट्र मन्त्रि डा. नारायण खड्काको प्रमुख आतिथ्यमा एक कार्यक्रम विच स्कुलमा पुगि हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्रि डा. खड्काले आफ्नो गृह वडाका विध्यालयलाई सहयोग गर्न पाएकोमा खुशि व्यत गरे । विध्यालयको शैक्षिक गुणस्तरबृद्धिको लागी आफुले सक्ने सहयोग गर्ने बताउदै उनले  कम्पनीलाई आफनो पहलमा सहयोग गरेकोमा प्राइम लाईफ इन्स्योरेन्स कम्पनीलाई धन्यबाद ज्ञापन गरे  । 

कार्यक्रमका कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले जीवन बीमा कम्पनीले जसरी आर्थिक सुरक्षामा जोड दिएको हुन्छ त्यसरिनै शिक्षा स्वास्थ्य जस्तो विषयमा समेत संवेदनशिल भएकोले सामाजिक उत्तरदायित्व अन्र्तगत मन्त्रिज्युको पहलमा स्कुल तथा बिध्यार्थिलाई सहयोग गर्न पाएको खुसि व्यक्त गरे ।
स्कुल व्यवस्थापन समितिका अध्यक्ष उद्धव काफ्लेले इन्स्योरेन्स कम्पनीले यस किसिमको सहयोगले केहि थप हौसला मिलेको वताउदै  कम्पनीलाई धन्यबाद दिए ।

कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी, लक्षमण ज्ञवालि, मन्दिल अधिकारी, हरि बहादुर खड्का, बिकाश अधिकारी लगाएको उपस्थिति रहेको थियो । कार्यक्रममा बिध्यालयका शिक्षक, अभिभावक बिध्यार्थि लगाएत बिभिन्न क्षेत्रका ५०० जना भन्दा बढी व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।