बुधबार, भाद्र ३ गते २०८३

बीमा समितिले भन्योः मर्जरमा जाने कम्पनीले कर्मचारीको सुविधा नघटाउ

आषाढ २१, २०७९ मंगलबार
बीमा समितिले भन्योः मर्जरमा जाने कम्पनीले कर्मचारीको सुविधा नघटाउ

 
 बीमा कम्पनीहरु एक आपसमा मर्ज भएर एउटा कम्पनी बने पनि  कर्मचारीहरुको पद  भने नघट्ने भएको छ । बीमा समितिले एक सूचना  जारी गर्दै बीमा कम्पनीहरुलाई कर्मचारीको पद नघटाउन निर्देशन दिएको हो । 

‘गाभ्ने, गाभिने संस्थाका कर्मचारीहरुलाई गाभिएर कायम हुने बीमकमा निजहरुले साविकमा रहेको पद अनुसारको तह वा श्रेणी भन्दा कम नहुने गरी पदमिलान गर्न  समितिले जारी गरेको सूचनामा उलेख्य छ । त्यसैगरी समितीले  गाभ्ने, गाभिने संस्थाका कर्मचारीहरुको गाभिएर कायम हुने बीमकका कर्मचारीलाई कुनै मर्का नपर्ने गरी र निजहरुले साविकमा खाईपाई आएको तलब, भत्ता तथा सुविधा भन्दा नघट्ने गरी व्यवस्था गर्न भनेको छ ।

 गाम्ने, गाभिने संस्थाका कर्मचारीहरुको गाभिएर कायम हुने बीमकमा कार्यरत हुन इच्छुक नरहेका व्यवस्थापकीय तथा अन्य कर्मचारीहरुको हकमा उपयुक्त सुविधा सहितको स्वेच्छिक अवकाशको योजना बनाई लागु गर्न समेत समितिले  निर्देशन दिएको छ । बीमा समितिले सूचना  जारी गर्दै अब कम्पनीका सञ्चालक समितिका अध्यक्ष वा लेखापरीक्षण समितिका संयोजक उक्त समितिको सदस्य हुन पाउने व्यवस्था समेत गरेको  छ । 

bima.jpg