आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन लिमिटेड” द्वारा प्रवद्र्धित आइएमई पे र एससिटी द्वारा संचालित स्मार्ट क्यूआरवीच साझेदारी सम्बन्धि सम्झौता भएको छ ।
सम्झौता अनुरुप बीगमार्ट सुपर मार्केटको सम्पुर्ण आउटलेटमा आइएमई पे एप मार्फत स्मार्ट क्यूआर स्क्यान गर्दा १५प्रतिशत छुट पाउन सकिने छ । डिजिटलाइज नेपालतर्फ सँगै अगाडि बढ्ने संकल्प व्यक्त गर्दै यस योजनाका लागि आइएमई पे र स्मार्ट क्यूआरले सहकार्य गरेका हुन् ।
कम्पनीहरूले यो योजनाले प्रयोगकर्ताहरूको व्यापक दायरालाई डिजिटल भुक्तानी विधिहरूतर्फ लाग्न प्रोत्साहित गर्ने विश्वास राखेको छ । साझेदारी अवधिभर निश्चित नियम र सर्तहरू अन्तर्गत प्रत्येक प्रयोगकर्ताले १५प्रतिशत वा (अधिकतम रू. ३०० सम्म) छुट प्राप्त गर्न सक्ने र सोही अवधिभर प्रत्येक लेनदेन मा प्रयोगकर्ताले बढिमा .२५०० सम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।