बुधबार, भाद्र ३ गते २०८३

भक्तपुर बचत संघका व्यवस्थापक धोंजू महासंघद्धारा उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत

आषाढ २१, २०७९ मंगलबार
भक्तपुर बचत संघका व्यवस्थापक धोंजू महासंघद्धारा उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत


भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका व्यवस्थापक  बालकृष्ण धोंजू  पुरस्कृत भएका छन् । १०० औं अन्तरराष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा राष्ट्रिय सहकारी महासंघले उत्कृष्ट कर्मचारीको रुपमा  धोंजूलाई पुरस्कृत गरेको हो । सहकारी अभियानको व्यवसायिक विकासमा कुशल व्यवस्थापकिय भूमिका निर्वाह गरेबापत धोंजूलाई उत्कृष्ट कर्मचारी पुरस्कार २०७८ बाट पुरस्कृत गरेको हो । कार्यक्रमको प्रमुख अतिथी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले रु पच्चीस हजार र प्रमाणपत्रले उनलाई सम्मान गरेकी थिईन ।

२०६३ भाद्र २ गते कार्यालय सहायकको पदबाट भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघमा प्रवेश गरेका धोंजूले सहकारी क्षेत्रको आन्तरिक र बाह्य क्षेत्रको विकासको लागि आफ्नो क्षेत्रबाट निरन्तर सक्रिय भुमिका निभाउँदै आएको छन् । संघमै रही उनले दुई बर्ष कार्यालय सहायक, तीन बर्ष प्रशासकीय अधिकृत र विगत १० बर्ष देखि व्यवस्थापकको जिम्मेवारी सम्हाल्दै आएका छन् ।करिव १५ बर्ष ९ महिना भन्दा बढीको सहकारी अनुभव हासिल गरेका धोंजूले सहकारी क्षेत्रमा आफ्नै छुटै पहिचान बनाउन सफल भएका छन् । सहकारी क्षेत्रमा  धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय तालिम गोष्ठिहरुमा सक्रिय सहभागिता जनाई शिक्षा तथा अनुभव हासिल गरेका धोंजू आफुले सिकेका र अनुभवहरु हस्तान्तरण गर्ने क्रममा २०६४ सालदेखि सहजकर्ता भई सहकारीमा सहजीकरण समेत गर्दै आएका छन् । 

हालसम्म उनले सहकारीसंग सम्बन्धित विभिन्न विषयहरुमा हजारजना भन्दा बढीलाई तालिम तथा शिक्षा दिइसकेका छन् ।  सहकारीको असल अभ्यास सिकाइ तथा अनुभव आदान प्रदानका लागि उनले मेचीदेखि महाकालीसम्म र  भारतको  समेत भ्रमण गरिसकेका छन् ।

सहकारी क्षेत्रमा व्यवस्थापकिय सुधार, तालिम तथा शिक्षामार्फत सहकारीको संस्थागत विकास र सहकारी अभियानको सुढिद्धिकरणमा उल्लेख्य भुमिका निभाए बापत २०६८ सालमा तत्कालिन डिभिजन सहकारी कार्यालयले उत्कृष्ट व्यवस्थापकको रुपमा समेत उनलाई सम्मान गरिसकेको छ । 

291595595_5633157993363743_1795343188855016911_n.jpg

सहकारी संघ संस्थाहरुबाट घेरै सम्मान तथा कदर पत्रहरु प्राप्त  गरेका धोंजूको  कार्यकालमा  संघले २०६७ सालमा राष्ट्रिय सहकारी महासंघबाट देशभरीकै उत्कृष्ट संघ र २०६८ सालमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघबाट देशभरीकै उत्कृष्ट बचत संघको उपाधि जित्न सफल भएको छ । हाल आएर संघले आफ्नै भवन निर्माण गरी सदस्य संस्थाहरुलाई  सेवा दिइरहेको छ । आमा लक्ष्मी धोजु र बुबा श्याम कृष्ण धोंजूको  जेठो पुत्रको  रुपमा  २०४१ मंसिर ९ गते  भक्तपुर नगरपालिका वडा नं. ८, भक्तपरमा जन्मिएका धोंजूले बागिश्वरी माध्यमिक विद्यालयबाट २०५७ सालमा एस एल सी, ख्वप कलेजबाट व्यवस्थापन संकायमा स्नातक, शारदा क्याम्पसबाट प्रशासनमा एक बर्षे वि एड र शंकरदेव क्याम्पसबाट स्नाकत्तोर हाँसिल गरेका छन् ।