शनिबार, आश्विन १७ गते २०८३

नबिल र एनबी मर्जरपछिको एकिकृत कारोबार असार २७ बाट

आषाढ २०, २०७९ सोमबार
नबिल र एनबी मर्जरपछिको एकिकृत कारोबार असार २७ बाट

नबिल नेपाल बंगालदेश बैंकको एकिकृत कारोबार असार २७ गतेबाट हुने भएको छ। 

दुई बैंकको असार १९ गते बसेको संचालक समितिको बैठकले एकिकृत कारोबार गर्ने निर्णय गरेको हो। राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै एकिकृत कारोबार हुन लागेको हो। 

नबिल बैंकले एनबी बैंकलाई प्रति सेयर ४३ रुपैयाँका दरले गाभेको हो। एकिकृत कारोबार गर्ने नबिलको चुक्ता पुँजी २२ अर्ब ८३ करोड रुपैयाँ हुनेछ। 

हाल नबिल बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड रहेको छ भने नेपाल बंगलादेशको चुक्ता पुँजी १० अर्ब ८ करोड रहेको छ। दुई बैंकको असार ७ गते सम्पन्न विशेष साधारण सभाबाट एक आपसमा गाभ्ने तथा गाभिने प्रस्ताव पारित भएको थियो ।