शुक्रबार, कार्तिक ७ गते २०८३

जसपाले बोलायो तीन मन्त्री फिर्ता, अब कसको पालो?

आषाढ २०, २०७९ सोमबार
जसपाले बोलायो तीन मन्त्री फिर्ता, अब कसको पालो?


जनता समाजवादी पार्टी (जसपा)ले अहिले सरकारमा रहेका तीन जना मन्त्रीलाई फिर्ता बोलाएको छ। जसपाले भौतिक पूर्वाधार मन्त्री रेनु यादव, वनमन्त्री रामसहाय यादव र कृषि मन्त्री महिन्द्र राय यादवलाई  फिर्ता बोलाएको हो। 

जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार बेलुकी बालुवाटारमा भेटेर पार्टीबाट सिफारिस भएका नयाँ मन्त्रीको नाम बुझाएका छन्। जसअनुसार जसपाबाट भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई, वन मन्त्रीमा प्रदीप यादव र कृषि मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादवलाई सिफारिस भएको छ। 

जसपाले अहिले सरकारमा रहेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिएको छ।

जसपाले तीन मन्त्री फिर्ता बोलाई नयाँ मन्त्री सिफारिस गरेको छ। योसम्बन्धी पत्र अध्यक्ष यादवले प्रधानमन्त्रीलाई बुझाएको र सम्भवत आजै नयाँ मन्त्री नियुक्ति हुने बुझिएको छ । जसपामा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव पक्षबीच बिबाद भएका बेला मन्त्री फिर्ता बोलाई नयाँ पठाउने निर्णय भएको हो ।