आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र क्लिनिकबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र क्लिनिकका तर्फबाट प्रबन्ध निर्देशक शिवराज केसीले हस्ताक्षर गरेका हुन् । सम्झौतापश्चात् आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहकलाई महाराजगञ्जस्थित क्लिनिकमा प्राप्त हुने सेवाहरु जस्तै एक्सरे, युएसजी, इको लगायतका सेवाहरुमा १० प्रतिशतसम्म र ओपिडी सेवामा २५% सम्मको छुट प्राप्त गर्नेछन् ।