शनिबार, कार्तिक ८ गते २०८३

शुभप्रवा साकोसको स्थापना दिवसमा स्वास्थ्य शिविर तथा रक्तदान

आषाढ १९, २०७९ आइतबार
शुभप्रवा साकोसको स्थापना दिवसमा स्वास्थ्य शिविर तथा रक्तदान

 

शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड स्थापनाको १३ औं वर्षमा प्रवेश गरेको छ । संस्थाले स्थापना दिवसको अवसर पारेर नेपाल हर्ट फाउन्डेसन काठमाण्डौ शाखासँग सहकार्यमा मुटु रोगसँग सम्बन्धित स्वास्थ्य शिविर आयोजना गरेको छ । सो शिविरमा निःशुल्क औषधी वितरण गरिएको थियो भने नेपाल रेड्क्रस सोसाईटी र लाइन्स क्लबसँगको सहकार्यमा रक्तदान समेत आयोजना गरेको हो । 

२०६७ साल असार १६ गते तत्कालीन डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएर संचालनमा आएको शुभप्रवाले छोटो समयमा आफ्ना सुचकांकहरुमा उल्लेख्य प्रगति गर्न सफल भएको छ । 

संस्थाले आर्थिक कारोबारका अतिरित्त सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न सामाजिक, साँस्कृतिक र रचनात्मक कामहरु समेत गर्दै आएको जनाएको छ ।  

सदस्यहरुलाई प्रविधिमैत्री आधुनिक सेवा प्रदान गर्ने उद्देश्यले संस्थाले शुभप्रवा स्मार्ट एप मार्फत मोबाईल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड प्रविधिमार्फत स्क्यान गरेर भुक्तानी जस्ता सेवा प्रदान गर्दै आएको छ ।

shuva prawa 1.jpg

यसैगरी संस्थाले विभिन्न रेमिट्यान्स सेवाप्रदायक कम्पनीहरुसंग सम्झौता गरेर सदस्यहरुलाई प्रभावकारी रेमिट सेवा समेत प्रदान गरेको छ । संस्थाको मुख्य कार्यालय चुच्चेपाटी र सेवा केन्द्र न्यूरोडमा रहेको छ । 

संस्थाका प्रमुख कार्यकारी निर्देशक फडिन्द्र कुमार खड्काले यस अवधिमा संस्थालाई प्रत्यक्ष वा अप्रत्यक्ष साथ र सहयोग गर्ने शेयर सदस्य, संचालक समित, लेखा समति, विभिन्न उपसमिति, कर्मचारी, नियामक निकाय, अभियानका छाता संघ लगायतलाई धन्यवाद ज्ञापन गरे । आगामी दिनमा संस्थाको कारोबारलाई थप प्रविधिमैत्री बनाउँदै सरल, सहज र सुरक्षित बनाउने प्रतिवद्धता उनले प्रकट गरे । 

सहकारी मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गरी सञ्चालित उक्त संस्थाले सदस्यलाई केन्द्रमा राखेर वित्तीय एवं अन्य कारोबार गर्दै आएको छ । 

shuva prawa 3.jpg