शनिबार, आश्विन १७ गते २०८३

अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट

आषाढ ३१, २०७८ बिहीबार
अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट

 

अजोड इन्स्योरेन्स लिमिटेडको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट लि. नियुक्त भएको छ । इन्स्योरेन्सको असार ३० गते बुधबार बसेको सञ्चालक समितिको ९२ बैठकले संस्थाको शेयर सम्बन्धी सम्पूर्ण सेवा (आरटीएस) प्रदान गर्न सिभिल क्यापिटल मार्केटलाई नियुक्त गरेको हो । 

सिभिल क्यापिटलले साउन ४ गते देखि लागू हुने गरि अजोड इन्स्योरेन्सको आरटीएस सेवा दिने सीइओ झनकराज ढुंगेलले जानकारी दिए ।