शनिबार, आश्विन १७ गते २०८३

नबिल र एनबी बैंकलाई मर्जरका लागि राष्ट्रबैंकले दियो स्वीकृति

आषाढ १५, २०७९ बुधबार

 

नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जरका लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । कर्मचारी समायोजन सम्बन्धी विषयमा विवाद भएपछि  राष्ट्र बैंकले अन्तिम स्वीकृति रोकेको थियो ।

तर बुधबार बसेको राष्ट्र बैंकको सञ्चालक समिति बैठकले अन्तिम स्वीकृति प्रदान गरेको हो । 

कर्मचारीहरुको पदीय हैसियत सम्बन्धमा दुवै बैंकका कर्मचारीमा विवाद राष्ट्र बैंकले चासो दिएपछि दुबै पक्षले यसलाई सल्टाउने आश्वासन दिएका छन् ।

बंगलादेश बैंकका कर्मचारीहरुले समान हैसियतमा काम गरेका कर्मचारीहरुलाई मर्जर पछि समान दर्जा दिनुपर्ने माग गरेका छन  । 

दुई बैंकका सञ्चालक समितिको अनौपचारिक सहमति अनुसार सुरुवातमा नबिल बैंकको हालको पदमा बंगलादेश बैंकका सोही पदका कर्मचारीको तीन पद तल समायोजनको सहमति भएको थियो । तर, बंगलादेश बैंकका कर्मचारी केही अघिदेखि यसमा असन्तुष्टि तीब्र पारेपछि नबिलका व्यवस्थापककले कर्मचारीको पदस्थापनमा अन्याय नहुने अनौपचारिक सहमति गरेका थिए ।

मर्जर पछि नबिल बैंक नाम रहनेगरी नबिल र एनबीबीच १००ः४२ अनुपातमा समझदारी भएको हो ।