शनिबार, आश्विन १७ गते २०८३

दुई बर्षभित्र सबै नेपालीले विद्युत सेवा पाउने

आषाढ १३, २०७९ सोमबार
दुई बर्षभित्र सबै नेपालीले विद्युत सेवा पाउने

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ माथी उठेका प्रश्नको जवाफ दिदै आगामी दुई वर्षभित्र सबै नेपालीका लागि विद्युत सेवा पुग्ने बताएकी छिन् । 

आज ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिदैँ मन्त्री भुसालले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्नेगरी योजना बनाएको बताईन ।  आफूले मन्त्रालय सम्हालेपछि मासिक २० युटिसम्म विद्युत खपत गर्ने २६ लाख ग्राहकले निःशुल्क विद्युत सेवा पाएको उनले  बताईन ।

सिंचाईमा प्रयोग हुने विद्युतमा ७५ प्रतिशतसम्म सहुलियत दिनेगरी प्रतियुनिट दुई रुपैयाँसम्म महशुल कायम गरिएको तथा खानेपानीतर्फ इनर्जी शुल्क करिव ५० प्रतिशतले घटाइएको उनले जानकारी दिईन । आगामी आर्थिक वर्षदेखि हरेक वर्ष करिव ७०० देखि १००० मेघावाट विद्युत नेपालको विद्युत प्रणालीमा थपिने  हुदाँ  आगामी २ वर्ष पछि सुख्खा याममा समेत नेपालको विद्युतले नै आन्तरिक माग धान्ने उनले बताईन ।