भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले पनि कोपोमिस र गोएमएल कार्यान्वयनलाई प्राथमिक्ता दिएको छ । संघले सोही अनुरुप भक्तपुर नगर सहकारी समन्वय उपसमितिको आयोजनामा “सहकारी विभागबाट जारी ३५ बुँदे निर्देशन, कोपोमि र गोएमएल” विषयक नगरस्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न आयोजना गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरमा समुदायमा आधारित र सदस्य केन्द्रीत भई संचालन भइ सहकारी संस्थाहरु संचालनमा रहेकोले सहकारीको सही मोडेल रुपमा परिचय दिन सफल भएको बताईन । सहकारीको सुशासनका लागि जारी ३५ बुँदे निर्देशन,कोपोमिस र गोएमएलले सहकारी संस्थालाई अझ सुशासित हुन, सहकारीको तथ्यांकलाई सुव्यवस्थापन गर्न र सहकारीको सम्पत्ती शुद्धिकरण निवारणका व्यवस्थाहरु अनलाइन मार्फत प्रविेदनहरु पेश तथा अद्यावधी गर्न मद्दत गर्ने भएकोले सम्पूर्ण सहकारी संस्थाले कार्यान्वनमा लानुपर्नेमा उनले जोड दिईन् ।

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी विभागबाट जारी ३५ बुँदे निर्देशन विषयमा प्रस्तुत गर्दै निर्देशन सकारात्मक रहेको बताए । निर्देशनमा हाल प्रक्रिया नपुर्याई दर्ता भएका बहुउद्देश्यीय सहकारीबारे मौन देखिएको र सहकारी सबैले वेवसाइट राख्ने र अद्यावधि गर्न नसकिने हुँदा सहकारीको कारोबारको आधारमा बर्गिकरण गरी अनिवार्य गर्नुपर्ने उनको भनाई छ ।
संघका व्यवस्थापक बालकृष्ण धोजुले कोपमिसको परिचय, कोपमिस प्रयोग गर्दाको फाइदा र हाल कोपमिसमा भएको अद्यावधिका बारेमा प्रस्तुती दिईएका थिए । साथै गोएमएलमा दर्ता र प्रतिवेदनहरु कसरी अनलाइनबाट बुझाउने भन्ने बारेमा समेत सहभागीहरुलाई उनले प्रस्तुतीकरण गरेका थिए । राज्यले सहकारी प्रबद्र्धन र विकासको लागि नै नयाँ प्रविधिहरुको विकास गरिने भएकोले सकारात्मक सोचका साथ कोपमिस र गोएमएल सफ्वेयरमा आबद्ध भई कार्यान्वयन गर्नुपर्नेमा उनकने जोड छ ।
कार्यक्रमका सभापति संघका सचिव एवम् उपसमितिका जगनाथ प्रजापतिले कार्यक्रममा प्रस्तुत भएको ३५ बुँदे निदेशन, कोपमिस र गोएमएलमा आबद्ध हुनु सबै संस्थालाई अनुरोध गरे । हाल सहकारीमा सुशासनकै अभावमा संचालकले घर जग्गामा लगानी, संचालकको स्वार्थ र कर्मचारीको बदमासीले समस्याहरु देखिएको छ । ती समस्याले गर्दा सहि ढंगले संचालन गरेका सहकारीलाई पनि लजित र अविश्वासको वातावरण सिर्जना हुनेतर्फ उनले सचेत गराए । अन्तरक्रिया कार्यक्रममा भक्तपुर नगरका सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापक गरी १२४ जनाको सहभागिता रहेको थियो ।